पहिलो दिन यस्तो देखियो चिडियाखाना (फोटो फिचर)

पहिलो दिन यस्तो देखियो चिडियाखाना (फोटो फिचर)
तस्बिरहरू : उपेन्द्र खड्का, भोला अधिकारी र डुक्पा छिरिङ मोक्तान।

शारीरिक अपांगता भएका उनीहरु स्वावलम्बन जीवनपद्धती केन्द्र, ललितपुरबाट चिडियाखाना अवलोकनका लागि पुगेका हुन्। 

चैत ११ गतेदेखि बन्द भएको चिडियाखाना मंसिर २५ गते खुलेपछि बिसी, मोत्तान र बल चिडियाखानाको अवलोकनका लागि पुगेका हुन्। उनीहरुलाई सहयोग गर्ने दुई जनासाथी पनि पुगेका थिए। 

बिसीले चिडियाखानाको हात्ती हेर्दै भने,‘खुलेको थाहा पाइयो अनि आएका हौं।’ स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउँदै चिडियाखाना प्रवेश गराइएकोमा उनले खुसि व्यक्तगरे। उनले भने,‘अपांगमैत्री वातावरण देखियो।’ उनीहरुजस्तै थुप्रै व्यक्ति बिहीबार चिडियाखाना पुगे। केही स्वास्थ्य सुरक्षाका मापदण्ड पनि अपनाएको देखियो।चिडियाखानाकी सूचना अधिकारी लिना चालीसेले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर अवलोकनकर्तालाई प्रवेश गराइएको बताइन्। 
उनले भनिन्,‘हामिले स्वास्थ्य सुुरक्षाका मापदण्ड अपनाएर सदर चिडियाखाना खोलेका छौं’ मास्क लगाएर, स्यानिटाइजर गर्ने, तापक्रम नाप्ने जस्ता मापदण्ड अपनाएर प्रवेश गर्न पाइन्छ।’ अवलोकनकर्ताले भित्र पनि भौतिक दूरी पनि कायम गर्नुपर्छ। जनावरलाई खाना खुवाउन पाइने छैन। त्यतिमात्रै हैन अवलोकनकर्ताले पनि कुनै खाद्यवस्तु चिडियाखानाभित्र लान नपाइने चालीसेले बताइन्।

चलीसेका अनुसार चिडियाखाना भित्रका चिल्ड्रेनपार्क, पिकनिक गर्ने क्षेत्रहरु खुल्ला गरिएको छैन। चलीसेले भनिन्,‘दर्शकले भने सजिलैसँग अवलोकन गर्न पाउनुहुन्छ।’
 

मंसिर २५, २०७७ बिहीबार १६:२७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।