कलाकार दिव्याको कोरोना संक्रमणबाट निधन 

कलाकार दिव्याको कोरोना संक्रमणबाट निधन 

कोरोनो संक्रमणबाट ग्रसित बनेकी दिव्यालाई मुम्बईको एस आर अस्पतालमा भर्ना गरिएको थियो। उनको उपचारकै क्रममा निधन भएको उनका भाई देवाशीष भटनागरले जानकारी दिएका छन्। 

दिव्याको भाई देवाशीष भटनागरले दिव्याको सोमबार बिहान ३ बजे निधन भएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन्।

३४ वर्षीय दिव्याले सन् २००६ मा ‘चाँद के पार’बाट अभिनय यात्रा सुरु गरेकी उनले हिन्दी सिरियल ‘ये रिश्ता क्या कहलाता है, उडान, तेरा यार हूँ मै, जीत गई तोह पिया मोरे, सावरे सबके सपने’ मा अभिनय गरेकी छन्।

उनी गत वर्ष डिसेम्बरमा गगनसँग विवाह बन्धनमा बाँधिएकी थिइन्। जुन विवाह परिवारको इच्छा विपरीत थियो। 
 

मंसिर २२, २०७७ सोमबार १३:५९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।