बाख्रीआमा, पाठापाठी र ब्वाँसोको कथा !
यता ब्वाँसोले बाख्रीआमा गएको देखेपछि पाठापाठीलाई खानुपर्यो भन्ने सोंचेर खोरको ढोकामा आयो अनि ढोका ढक्ढकाउँदै पाठापाठीलाई ढोका खोल्न अह्रायो ।
पाठापाठीले त्यो आवाज आमाको हैन भनेर चिनीहाले त्यसैले ढोका नखोली तिमी हाम्री आमा हैनौं भनेंर हामीले चिन्यौं । हामीले ढोका खोल्दैनौं भनेर जवाफ फर्काए ।
ब्वाँसोले अब केही जुक्ती लगाउनु पर्ला भन्दै त्यहाँबाट फर्कियो । अलिक पर गएर उसले मौरीको चाका देख्यो अनि त्यहाँबाट मह निकालेर खाएपछि उस्को आवाज सुरिलो भयो । उ फेरी खोरमा गएर पाठापाठीलाई बोलाउँदै ढोका खोल्न भन्यो ।
आफ्नो आमाको जस्तो आवाज सुनेर एउटा पाठो ढोका खोल्न जाँदै थियो उस्ले ढोकाको एउटा सानो प्वालबाट ब्वाँसोको कालो खुट्टा देख्यो । उनीहरुकी आमाको त सेतो खुट्टा थियो । त्यसैले यसपाली पनि, तिमी हाम्री आमा हैनौं तिम्रो खुट्टा हाम्री आमाको जस्तो सेतो छैन भन्दै जवाफ फर्कायो ।
ब्वाँसो यसपाली पनि निराश हुँदै फर्कियो तर उसले अर्को उपाय सोंच्दै तलाउको नजिकै रहेको एउटा चुनढुंगामा गएर आफ्नो खुट्टामा सेतो चुन लगायो । उ फेरी खोरमा आएर पाठापाठीहरुलाई बोलाउँदै छोराछोरी हो ढोका खोल म आएँ भन्यो ।
यसपाली पाठापाठीहरु झुक्किए किनकी बोली पनि आमाको जस्तो थियो अनि खुट्टा पनि । त्यसैले एउटा पाठोले ढोका खोली हाल्यो, ढोका खोल्दा त त्यहाँ उनीहरुकी बाख्रीआमा नभएर ब्वाँसो थियो ।
सबै पाठापाठी यता उता भाग्न थाले । तर ब्वासोंले एकएक गर्दै पाठापाठीलाई निल्न थाल्यो । यत्तिकैमा एउटी पाठीभने त्यहाँबाट फुत्त बाहिर निस्केर बाहिर गई लुकीहालि ।
केहीछिन पछि बाख्रीआमा फर्किंदा त्यहाँ कोही पनि थिएनन् । आमा निकै चिन्तित् भईन् । यत्तिकैमा उनकी कान्छीपाठी बाहिरबाट भित्र आएर त्यहाँ भएको सबैकुरा बताईन् । आमाछोरी निकै दुःखी भए ।
उनीहरु दुबैजना त्यहाँबाट त्यो दुष्ट ब्वाँसोको खोजिमा निस्के । एकैछिनमा दुबैले एउटा रुखमुनी मजासँग निदाईरहेको त्यही ब्वाँसोलाई देखे । उसको पेटमा अझैपनि पाठापाठीहरु चलमलाईरहेका थिए । बाख्रीआमाले आफुसँग रहेको चक्कुले ब्वाँसोको पेट चिरेर सबै पाठापाठीलाई बाहिर निकालिन अनि ब्वाँसोको पेटमा ढुंगा राखीदिई फेरी सिलाईदिएर आफ्ना सबै पाठापाठीलाई लिएर त्यहाँबाट गईन् ।
एकछिनमा ब्वाँसो जाग्यो । उसलाई आफ्नो पेट निकै गह्रौं भएको महशुस भयो । उसलाई निकै तिर्खा लागेको थियो । सकि नसकी उ पानी पिउनका लागि तलाउमा गयो ढुंगाको वजनले गर्दा उ अचानक तलाउमा खसेर ज्यान गुमायो ।
शिक्षा : आपत भन्नेकुरा जुनबेला पनि पर्न सक्छ तर हामीले विवेक नगुमाई त्यसको सामना गर्नुपर्छ ।
मंसिर २१, २०७७ आइतबार १८:००:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।