छिट्टै हल खुलाउने सञ्चारमन्त्रीको आश्वासन

उनले नौ महिना देखि बन्द रहेको चलचित्र हल छिट्टै खुल्ला गराउने पक्षमा रहेको भन्दै फर्काइदिएका छन्। निर्माता संघका अध्यक्ष तथा उद्योग वाणिज्य महासंघका कार्यसमिति सदस्य आकाश अधिकारी, चलचित्र विकास बोर्डका अध्यक्ष,अभिनेता तथा निर्माता भुवन केसी सहितको टोली मन्त्री भेट्न मन्त्रालय पुगेका थिए।
फिल्मकर्मीले लेखेको १७ बुँदे विज्ञप्तिमा हल सञ्चालन गर्दा समस्या र समाधानको बारेमा लेखिएको छ। चलचित्र हल बन्द हुँदाका असर र यस क्षेत्रका मजदुरहरु पलायन हुने अवस्था आएको भन्दै हल खोल्न अनुरोध गरिएको छ। चलचित्र हल लामो समय देखि बन्द हुँदा हल सञ्चालकले करोडौ घाटा व्यहोरिरहेको कुरा विज्ञप्तिमा भनिएको छ।
उक्त भेटमा मन्त्री गुरुङले चाँडै फिल्म क्षेत्र खुल्ने कुरामा ढुक्क हुन आग्रह गरेको निर्माता संघका अध्यक्षले बताए। उनले भने,‘मन्त्रीसँगको भेटमा चाँडै नै चलचित्र हल खोल्न अनुमति दिने आश्वासन पाएका छौँ। सायद चाँडै नै खुल्छ भन्नेमा हामी पनि विश्वस्त रहेका छौँ।’
यता बुधबार स्वास्थ्य मन्त्रालयको नियमित कोरोना अपडेटको पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अझैँ १५ दिन हल सञ्चालन नगर्न आग्रह गरेका छन्। डा. गौतमले चलचित्र हल, तथा रात्रकालिन व्यवसाय तत्काल नखोल्न आग्रह गरेका छन्।
मंसिर २१, २०७७ आइतबार १६:०३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।