सुर्खेतमा कोरोना संक्रमितको मृत्यु
सुर्खेत : सुर्खेतमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। सुर्खेत पञ्चपुरी नगरपालिका-६ का ५३ वर्षीय पुरूषको मृत्यु भएको हो।
होम आईसोलेशनमा रहेका उनलाई श्वासप्रश्वासमा समस्या देखिएपछि प्रदेश अस्पताल सुर्खेतमा भर्ना गरिएको थियो। मंसिर ९ गते कोरोना पुष्टि भएका ती पुरूषको शनिबार राति मृत्यु भएको सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कंडेलले जानकारी दिए।
उनको शव व्यवस्थापन गर्न जिल्ला जनस्वास्थ्य सेवा कार्यालय र नेपाली सेनाले समन्वय गरिरहेको छ। योसँगै कर्णालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २० पुगेको छ।
मंसिर २१, २०७७ आइतबार १३:०५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।