मिस नेपाल वर्ल्ड २०२० : नम्रता, सिमल र सन्ध्याको योजना
काठमाडौं : कोरोना महामारीबीच न्युन मानिसहरुको उपस्थितीमा ‘मिस नेपाल वर्ल्ड २०२०’आयोजना सकिएको छ। उक्त प्रतिष्पर्धाको उपाधि काठमाडौंकी नम्रता श्रेष्ठले हात पारेकी छिन्।
नम्रताले ‘मिस नेपाल वर्ल्ड’मा २० जना प्रतिस्पर्धीलाई पछि पार्दे शनिबार ताज पहिरिन्। काठमाडौंकी २३ वर्षीय नम्रता श्रेष्ठ मिस नेपाल २०२० की प्रतियोगि नम्बर १८ हुन्। समाजशास्त्रमा स्नातकोत्तर नम्रता मानिसको जीवनमा सकारात्मकता सोच भर्न चाहन्छिन्।कार्यक्रमको प्रमुख निर्णायकको एक प्रश्नमा नम्रताले दिएको उत्तरले नै उनलाई सिखरमा पुर्यायो।
निर्णायकले सोधेको–‘कल्पना गर्नुहोस् तपाई एउटा सानो ढुंङ्गा हो। जो पोखरीमा पर्दा सुन्दर तरंग फैलिन्छ। तपाई नेपाली महिलाको जीवनमा परिवर्तनकारी तरङ्ग कसरी फैलाउन चाहनुहुन्छ?’भन्ने प्रश्नमा उत्कृष्ट जवाफ दिँदै नम्रताले ‘मिस नेपाल वल्र्ड’को ताज पहिरिन सफल भइन्।
नम्रताले नेपाली महिलाहरु सकारात्मक सोचले अगाडि बढ्ने गरेको र यसैको आधारमा संसारलाई जित्न सकिने तर्क दिएकी थिइन्। उनले मिस नेपालको उपाधि जित्दै भविष्यमा एउटा राम्रो शिक्षाविद र शिक्षिका बन्ने चाहाना राखेकी छन्। नम्रता श्रेष्ठ किन्डर गार्डेन शिक्षक हुन्।
‘मिस नेपाल वल्र्ड २०२०’को तास पहिरिएकी नम्रताले टाइटलसँगै नगद २ लाख ५० हजार हात पारिन्।
यो वर्षको ‘मिस नेपाल सुप्रानेशनल’को उपाधि काठमाडौ कै शिमल कनौजियाले जितेकी छन्।काठमाडौंकी २४ वर्षीया शिमल कनौजिया मिस नेपाल २०२० की प्रतिस्पर्धि नम्बर १४ हुन्।
शिमल काठमाडौं यूनिभर्सिटी स्कूल अफ म्यानेज्मेन्टबाट बिबिए उत्तिर्ण विद्यार्थी हुन्। उनको भविष्यमा उद्यमी बन्ने लक्ष्य रहेको छ। एमबिए अध्ययनरत शिमललले उद्घोषिकाको रुपमा समेत काम गरिसकेकी छिन्।
‘मिस नेपाल अर्थ’को उपाधि काठमाडौ कै सुप्रिया श्रेष्ठले जितेकी छन्। काठमाडौंकी २४ वर्षीया सुप्रिया श्रेष्ठ मिस नेपाल २०२० की प्रतियोगि नम्बर १७ हुन्।
उनले सोसल वर्कमा स्नातक तह उत्तिर्ण गरेकी छिन्। सुप्रिया ईमेज च्यानलमा कार्यक्रम प्रस्तोता तथा निर्माताको रुपमा कार्यरतछिन्। यसबाहेक उनी प्याराडक्स डिसी इन्क नामक संस्थाकी सञ्चालिका समेत हुन्। उनले भविष्यमा असमानता तथा लैंगिक विभेद जस्ता सामाजिक समस्या विरुद्ध आवाज उठाउने लक्ष्य लिएकी छिन्।यस्तै, ‘मिस नेपाल इन्टरनेशनल’को उपाधि महोत्तरीकी सन्ध्या शर्माले जित्न सफल भइन्।
महोत्तरीकी २४ वर्षीया सन्ध्या शर्मा मिस नेपाल २०२० की प्रतियोगि नम्बर १९ हुन्।उनले फरेष्ट्रिमा स्नातक गरेकी छिन् भने अहिले सोही विषयमा स्नातकोत्तर गरिरहेकी विद्याथी हुन्।
उनले मिस नेपालको प्लेटफर्मलाई वातावरण परिवर्तनको क्षेत्रमा आवाज उठाउने माध्यमको रुपमा प्रयोग गर्दै सम्पूर्ण युवाहरुलाई यो विश्वव्यापी समस्याविरुद्ध एकजुट हुन आह्वान गर्ने योजना बनाएकी छिन्।
सिमल, सुप्रिया र सन्ध्याले टाइटलसँगै साढे २ लाख पुरस्कार प्राप्त गरेका छन्। उनीहरुले पनि अन्तरराष्ट्रिय प्लेटफर्ममा नेपालको प्रतिनिधित्व गर्नेछन्।
यो वर्ष ‘मिस नेपाल’को आयोजक संस्था ‘दि हिडेन ट्रेजर’ले नेपाल पर्यटन बोर्डसँग मिलेर ‘मिस टुरिज्म’ नामक नयाँ विधा समेत थप गरेको छ।‘मिस नेपाल’मा प्रतिस्पर्धीहरुको मुल्यांकनको आधारमा विभिन्न सब–टाइटलमा पनि पुरस्कार प्रदान गरिन्छ।
यो वर्षको ‘मिस ब्यूटी विथ दि प्रपोज’को उपाधि श्रद्धा शर्माले जितिन् ।यस्तै,‘मिस हेल्दी’नग्मा सरकार,‘मिस फोटोजेनिक’आशिका श्रेष्ठ, ‘मिस पपुलर च्वाइस’श्रद्धा शर्मा,‘मिस ग्ल्यामर’योजना भट्टराई,‘मिस स्टाइलिस’मेरिसा सिंह सुवाल,‘मिस वेमन अफ सब्स्टान्स’ सन्ध्या शर्मा,‘मिस इन्टिलेक्चुअल’नम्रता श्रेष्ठ,‘मिस फिटनेश’ सुवांगी खत्री र ‘मिस टुरिज्म’को टाइटल रिया श्रेष्ठले हात पारे।सब–टाइटल विजेताहरुले जनही २५ हजार प्राप्त गरे।
‘मिस नेपाल वल्र्ड २०२०’को निर्णायकमा शिक्षित भट्ट,तुलिका अग्रवाल,करण वैद्य,निकिता चण्डक,पुकार मल्ल,राज राना,प्रिती सिटौला,सुमन शाक्य,स्वस्तिमा खड्का र प्रिया अधिकारी रहेका थिए।
मंसिर २१, २०७७ आइतबार ०९:३६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।