म्युजिक भिडियोमा संगीतकारको इन्ट्री

म्युजिक भिडियोमा संगीतकारको इन्ट्री

काठमाडौं : संगीतकारहरु पछिल्लो समय म्युजिक भिडियोमा अभिनय गर्न थालेका छन्। कारोना महामारीबीच  संगीतकार राजनराज शिवाकोटीले ‘तिमी उता म यता’ बोलको गीतमा अभिनय गरेका छन् भने अर्का संगीतकार दीपक शर्माले पनि हालै एक म्युजिक भिडियोमा अभिनय गरेका छन्।

दीपक शर्मा आफैले संगीत गरेको गीत ‘तिम्रो बोली’बोलको गीतमा अभिनय गरेका छन्। संगीतकारको  मोडलिङ यात्राबारे दीपक शर्माले भन्छन्,‘संगीतकार भएपछि गीतको भाव अनुसार आफुलाई अभिनय ढाल्न सकिन्छ। त्यही अनुरुप पनि म्युजिक भिडियोमा अभिनय गर्न आएको हुँ।’

संगीतकार शर्माले ४ वर्ष ‘हे बरै ’बोलको गीतमा अभिनय गरेका थिए। जसमा शब्द संगीत र गायन उनकै रहेको थियो। उनले भने,‘४ वर्षपछि फेरि म्युजिक भिडियोमा आएको छु। गीतमा आफुलाई सुहाउँने जस्तो लागेर नयाँ गीतको भिडियोमा अभिनय गरेको छु। पक्कै राम्रो प्रतिक्रिया आउँला।’

राजनले  ‘तिमी उता म उता’ बोलको गीतमा अभिनय गरेका हुन्। आफैले शब्द संगीत र आफैले गाएको गीतमा अभिनय गर्दै म्युजिक भिडियोको दुनियाँमा आएका हुन् उनी ।गीतमा मिलन नेवारले गायनमा साथ दिएकी छन्। मिलनले गायनका साथसाथै अभिनयमा पनि राजनलाई साथ दिएकी थिइन।

राजनराजको अभिनयलाई धेरैले तारिफ गरेका छन्। उनको विस्तारै अभिनयलाई अगाडी लैजाने सोच रहेको छ।‘गीतले मेरो अनुहार मिल्दो मागेको खण्डमा अभिनय गर्छु। कथाले मागेको खण्डमा अव अभिनय पनि गर्ने सोच राखेको राजन बताउँछन्।

राम्रो गीत बनेको खण्डमा जसले अभिनय गरेता पनि गीत चल्छ  भन्ने मान्यता दीपक शर्मा राख्दछन्। उनले भने,‘गीत राम्रो भएको खण्डमामात्र गीत चल्छ।जतिसुकै महँगो कलाकार म्युजिक भिडियोमा खेलाएपनि गीत राम्रो छैन भने दर्शकले मन पराउँदैनन्’

 

मंसिर १८, २०७७ बिहीबार ११:३६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।