राउटे युवाको भीरबाट लडेर मृत्यु

राउटे युवाको भीरबाट लडेर मृत्यु

बादँरको शिकार गर्ने क्रममा भीरबाट लडेर उनको मृत्यु भएको हो।राउटे समुदायका युवा र किशोरहरू खाना खाएर नजिकैको जंगलमा मंगलबार दिउँसो बाँदरको शिकार गर्न गएका थिए।


सोसेक दैलेख मार्फत सञ्चालित राउटे परियोजनाका शिक्षक लालबहादुर खत्रीले शिकार गर्ने क्रममा मटेला खोला नजिकैको भीरबाट लडेर मंगलबार उनको ज्यान गएको पुष्टि गरे। खत्रकिा अनुसार मृतक टेकराज पढ्न रुची राख्दथे।


आफ्नो समुदायका मुखियाले पढ्न नदिएपनि टेकराजले भर्खर पढ्न र लेख्न सिक्दै गरेको बताए। उनले टेकराज आफ्नो नाम लेख्न सक्ने भइसकेको भन्दै कलिलै उमेरमा मृत्यु भएपछि पढ्ने इच्छा पूरा हुन नपाएको जनाए।


मृतक राउटे बालकको उनीहरूकै परम्परा अनुसार अन्त्येष्टि गरिएको छ ।राउटे समुदायमा अहिले ४४ घरपरिवारमा १४५ जना रहेका छन्।

 

मंसिर ११, २०७७ बिहीबार ०७:५१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।