चर्चित नाटक ‘बोक्सीको घर’माथि चलचित्र बन्ने

चर्चित नाटक ‘बोक्सीको घर’माथि चलचित्र बन्ने

काठमाडौं : ४ वर्ष अघि मण्डला नाटकघरमा मञ्चन भएको नाटक ‘बोक्सीको घर’ माथि चलचित्र निर्माण गरिने भएको छ।

सुलक्षण भारतीले लेखेको ‘बोक्सीको घर’ नाटकलाई चलचित्र पर्दामा उतार्न लागिएको हो। ४ वर्ष अघि मण्डला थिएटरमा मञ्चन गरिएको यस नाटकमा रङ्गकर्मी सरीता गिरीले एकल अभिनय गरेकी थिइन्। त्यो बेला सरीता गिरीको अभिनयले चौतर्फी तारिफ पाएको थियो । सबै कुराबाट अब्बल मानिएको नाटक ‘बोक्सीको घर’ लाई अभिनेत्री केकी अधिकारीले चलचित्रको पर्दामा उतार्न लागेकी हुन्। फिल्मलाई रंगपत्रकार तथा निर्देशक सुब्रत आचार्यले निर्देशन गर्नेछन्। 

फिल्म बोक्सीको घर’मा अभिनेत्री केकी अधिकारी र गौरव पहाडी मुख्य भुमिकामा देखिनेछन्। केकी अधिकारी फिल्मसले निर्माण गर्ने यो फिल्मका लागि अन्य कलाकारलाई अडिशनमार्फत छानिने निर्माण पक्षले जानकारी दिएको छ।  चलचित्रको अडिशन आगामी साता आह्वान गरिने निर्माण निर्माण टिमले जानकारी दिएको छ।

चलचित्रलाई रंगकर्मी एवं निर्देशक बद्री अधिकारीले निर्माण गर्दैछन्। चलचित्रको कार्यकारी निर्माताका रुपमा विशाल भण्डारी रहेका छन्। विशाल अहिले कमेडी च्याम्पियन २ को तयारीमा लागेका छन्। यो अडिसन सकिएलगत्तै चलचित्र टिम फ्लोरमा जाने लेखक सुलक्षण भारतीले बताए। यस नाटकमा एकल अभिनय सबैको मन जितेकी सरीता गिरी चलचित्रको पर्दामा हुने नहुने निर्माण युनिटले बताएको छैन।

मंसिर ९, २०७७ मंगलबार १९:१८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।