अनुभव थपलियाले चुमे अनलाइन टयालेन्ट शोको उपाधि

अनुभव थपलियाले चुमे अनलाइन टयालेन्ट शोको उपाधि

काठमाडौं  : अनलाइन टयालेन्ट शोको उपाधि अनुभव थपलियाले हात पारेका छन्।

हिमालयन म्यूजिक एकेडेमीको आयोजनामा सम्पन्न भएको अनलाइन टयालेन्ट शोको फस्ट रनरअपको उपाधि नित्या शर्माले जितेकी छिन् भने सेकेण्ड रनरअपको उपाधि खावात सुब्बाले जितेका छन्।खगेन्द्र अधिकारीले थर्ड रनरअपको उपाधि जितेका छन् भने फोर्थ रनरअपको उपाधि बिन्दिया खड्काले चुम्न सफल भइन्। 

प्रतियोगिताले गायन, नृत्य, स्ट्याण्डअप कमेडी, लगायतका विधामा प्रतिस्पर्धामा भाग लिएका थिए। कार्यक्रममा प्रतिस्पर्धीहरुले आफ्नो कलालाई भिडियो वा अडियो सामाग्रीमार्फत २ देखि ५ मिनेटसम्म पठाएर भाग लिएका थिए। 

कार्यक्रममार्फत जितेको उपाधि तत्काल वितरण नगर्ने हिमालयन म्यूजिक एकेडेमीका अध्यक्ष पुष्प गजमेरले बताए। कोरोना संक्रमणको जोखिम बढेकोले कारणले उक्त पुरस्कार कोरोना महामारीको संकट टरेपछि एक भव्य कार्यक्रमको आयोजना गर्दै बिजेताहरुलाई उपाधि प्रदान गरिने बताए।

उक्त कार्यक्रमको अवसरमा बोल्दै अमेरिकाका लागि नेपाली राजदुत डाक्टर अर्जुन कार्कीले कलाकारिता क्षेत्रमा गरिने कामको सरकारले जहिले पनि साथ सर्मथन रहेको बताए। 

अनलाइन टयालेन्ट शोको प्रतिस्पर्धामा प्रथम भएकालाई २५ सय डलर प्रदान गरिनेछ भने  द्धितिय र तृतियलाई क्रमश १५ सय र १ हजार डलर दिइने छ।

त्यस्तै अन्यलाई शान्तवना पुरस्कारको पनि ब्यबस्था गरिएको छ । कार्यक्रमको  जजका रुपमा अभिनेत्री सांरगा श्रेष्ठ, अर्जुन रसाइली, विकास थुलु, सन्तोष रामदाम र गोपी दाहाल रहेका थिए। 

मंसिर ९, २०७७ मंगलबार १७:१८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।