अवैध काठसहित तीन जना पक्राउ

अवैध काठसहित तीन जना पक्राउ

सुर्खेत : सुर्खेतको भेरीगंगा नगरपालिकाबाट १३७ क्युफिट काठसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ।

भेरीगंगा नगरपालिका–९ टुनिखोलाका उदिराम खत्री, खिमराज खत्री र भेरीगंगा १० का अलबहादुर पुनमगरलाई प्रहरीको टोलीले काठसहित पक्राउ गरेको हो।

प्रहरीको विशेष टोलीले उदिराम खत्री र खिमराज खत्रीको घरमा लुकाईछिपाई राखिएका १२८.६९ क्युफिट काठ बरामद गरेको हो।

भेरीगंगा नगरपालिका १० ठुलाखालमा भे १ ह ३३४१ नम्वरको अटोबाट अवैधरुपमा ओसारपसार गर्दै गरेको अवस्थामा ८.५ क्यूफिट काठसहित अलबहादुर पुनमगरलाइ नियन्त्रणमा लिएको छ।

उदिरामले घरको करेसाबारीमा लुकाएको १३६ थान सालको कडी र पाँच ओटा गोलियासहित ११४ क्युफिट काठ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एव डिएसपी रामप्रसाद घर्तीले जानकारी दिए।

उनकाअनुसार खिमराजको घरबाट साल र जामुनको १८ कडी गरि १४ क्यूफिट काठबरामद गरिएको हो। प्रदेश प्रहरी कार्यालयको ब्यूरो टोली र ईलाका प्रहरी कार्यालय छिन्चुको संयुक्त टोलीले काठ बरामद गरेको प्रवक्ता घर्तीले जनाए।

पक्राउ परेका तीनै जनालाई अनुसन्धानका लागि काठसहित सब–डिभिजन वन कार्यालय छिन्चुमा बुझाइएको छ।

 

 

मंसिर ९, २०७७ मंगलबार १३:०८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।