फोटोमा कक्षा १२ को परीक्षा
काठमाडौं : कोरोना महामारीका कारण गत वैशाखमा हुन नसकेको कक्षा १२ को परीक्षा आजबाट सुरु भएको छ। राष्ट्रिय परीक्षा बोर्डले देशभरका ४ लाख ३२ हजार ५ सय विद्यार्थीको परीक्षा भौतिक उपस्थितिमै लिएको छ।
बिहान ८ बजेबाट सुरु परीक्षा साढे एक घण्टामा सकिएको छ। बोर्डले यस पटक ४० प्रतिशत अंकका लागि मात्र परीक्षा लिएको हो।
थप ४० प्रतिशत अंक कक्षा ११ को र २० प्रतिशत अंक कक्षा १२ को आन्तरिक मूल्यांकनबाट जोडिने बोर्डले जनाएको छ।
सबै परीक्षा केन्द्रहरुमा पूर्णरुपमा स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर परीक्षा लिइएको बोर्डले जनाएको छ।
परीक्षा मंसिर १६ गते सकिने छ।
मंसिर ९, २०७७ मंगलबार ११:५९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।