भारती र हर्षलाई ११ दिन हिरासतमा राख्न आदेश
भारतकी चर्चित कमेडियन भारती सिंह र उनका पति हर्ष लिंबाचियालाई डिसेम्बर ४ (मंसिर १९) सम्म न्यायिक हिरासतमा राख्न अदालतले आदेश दिएको छ।
गत शनिबार ड्रक्स केसमा पक्राउ परेका भारती दम्पतीलाई नारकोटिक ड्रग्स एन्ड साइकोट्रापिक सब्सटेंसेज अदालतले मंसिर १९ गतेसम्म हिरासतमा राख्न आदेश दिएको हो।
उनीहरु दुवैजनालाई तलोजा जेलमा राखिएको भारतिय मिडियाले जानकारी दिएका छन्।
शनिबार एनसीबीले भारतीको अफिसमा छापा मार्दा ८६.५ ग्राम गाँजा बरामद गरेको थियो। गाँजा बरामत गरेपछि भारती र उका श्रीमान हर्ष
पक्राउ गरिएको थियो।भारतीले श्रीमानको साथमा गाँजा लिने गरेको स्विकार गरेकी छिन्।
मंसिर ८, २०७७ सोमबार १६:२९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।