विराटनगरका मेयरको दण्डवत प्रणाम, घरमै छठ

विराटनगरका मेयरको दण्डवत प्रणाम, घरमै छठ

विराटनगरमा :  कोरोनाको बढ्दो संक्रमणका कारण यो वर्ष विराटनगरमा अधिकाँशले घरमै छठ पुजा गरेका छन्।

विगत १७ वर्ष देखि निरन्तर दण्डवत प्रणाम गर्दै सिंघिया घाटमा पुगेर छठको पुजा गर्दै आएका विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले पनि यो वर्षको छठ घरमै मनाएका छन्।

पराजुलीले घर नजिकको वारीमा कुण्ड बनाएर अस्ताउँदो सुर्यलाई अर्घ दिए। उनले यो वर्ष घर देखि वारीमा तयार पारिएको कुण्डसम्म दण्डवत प्रणाम गरेरै पुजा गर्न पुगेका थिए।

हरेक वर्ष विराटनगरको पोखरीया स्थित शिव मन्दिरबाट करिब ३ किलोमिटर टाढाको सिंघिया खोला स्थित परोपकार घाटमा  दण्दवत प्रणम गर्दै गएर पुजा गर्दै आएका थिए।

कोरोनाका कारण खोलाको घाटमा जाने अवस्था नभएकाले घर नजिकै कुण्ड बनाएर छठको पुजा गरेको मेयर पराजुलीले बताए ।

 

मंसिर ५, २०७७ शुक्रबार १९:५३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।