साम्राज्ञी देखि दयाहाङसम्मको म्युजिक भिडियो आकर्षण

साम्राज्ञी देखि दयाहाङसम्मको म्युजिक भिडियो आकर्षण

काठमाडौं : नेपाली चलचित्रमा स्टारडम बनाएका अभिनेता अभिनेत्रीहरु  म्युजिक भिडियो तिर भित्रिएका छन् । चलचित्रमा निकै व्यस्त रहेकी अभिनेत्री साम्राज्ञी आरएल शाह पछिल्लो म्युजिक भिडियोमा आएकी छन्।

उनले आफ्नै आमा नेहा आरएल शाहले गाएको गीत ‘तिमी र म ’को म्युजिक भिडियोमा मोडलिङ गरेर म्युजिक भिडियोमा आएकी हुन्।
निर्माता तथा निर्देशक भुवन केसीको चलचित्र ‘ड्रिम्स’बाट चलचित्र नगरीमा प्रवेश गरेकी साम्राज्ञीले दर्जन भन्दा बढि चलचित्रमा अभिनय गरिसकेकी छन्। पहिलो  चलचित्र नै हिट भएपछि उनको माग  चलचित्रमा नै बढ्यो।

एक पछि अर्को चलचित्रमा अभिनय गरेकी साम्राज्ञीको गत वर्ष दसैंमा रिलिज भएको चलचित्र ‘रातो टीका निधारमा’ पछि चलचित्रमा अभिनय गरेकी थिइनन्। एकवर्ष देखि चलचित्र विहिन रहेकी साम्राज्ञीले आमाको गीतमा मोडलिङ गरेर दर्शकसामु आएकी हुन्।

म्युजिक भिडियो भन्दा पनि चलचित्रमा नै अभिनय गर्न रमाइलो लाग्ने बताउँदै आएकी साम्राज्ञी आमाको गीतको म्युजिक भिडियोमार्फत म्युजिक भिडियोमा डेब्यु गरिसकेकी छन्। उनलाई म्युजिक भिडियोमा अफर नआएको भने होइन।तर, उनले म्युजिक भिडियोलाई त्यति प्राथमिकता दिइनन्।  

चलचित्र ‘अनराग’ निर्माण गरेर चलचित्रमा डेव्यु गरेकी अभिनेत्री एलिजा गौतम पनि पछिल्लो समय खुव म्युजिक भिडियोमा आएकी छन् । एलिजा आफैले निर्माण गरेको चलचित्र ‘अनुराग’ फ्लप भएपछि अर्को चलचित्र निर्माणको तयारीमा रहेकी थिइन्।

चलचित्रमा दर्शकले अभिनय मन राम्रो नभएको प्रतिक्रिया आएपछि  एलिजाले दुर्गेश थापासँग ‘आधि कपाल’ गीतको म्युजिक भिडियोमा अभिनय गरिनन्।
यो गीतबाट राम्रो प्रतिक्रिया पाएपछि अहिलेकी व्यस्त मोडलमा गनिन थालेकी छन्। एलिजाले ४ महिनादेखि अहिलेसम्म दर्जन भन्दा बढि म्युजिक भिडियोमा अभिनय गरिसकेकी छन्।   

लकडाउनका कारण चलचित्रका काम रोकिएपछि केहि अभिनेता  म्युजिक भिडियोतर्फ लागेका छन्। देशभर लकडाउन सुरुभए यता काम विहिन बनेका अभिनेताहरु प्नि म्युजिक भिडियोमा देखिएका छन्।

चलचित्र ‘प्रेम गीत,रोज’ लिलीविली’ जस्ता निकै वटा चलचित्रमा अभिनय गरेका अभिनेता प्रदीप खड्काले म्युजिक भिडियोमा आएका छन्। लडाउनको समयमा प्रदिपले दुई राष्ट्रिय गीतमा मोडलिङ गरेका छन्। उनले अभिनय गरेको गीत ‘सुनौलो विहानी फर्कनेछ’ बोलको थियो। उनले म्युजिक भिडियोमा अभिनय गरेता पनि दर्शकले उनलाई चलचित्रमा जस्तो हेरिदिएनन्।

उनले खेलेको यो गीतको म्युजिक भिडियोलाई ६ महिनामा ३ लाख ८९ हजारले मात्रै हेरेका छन्। अहिले प्रदीप खड्का चलचित्र हुतुहुतु’ वर्कसपमा रहेका छन्। सन्तोष सेनको निर्देशनमा बन्न लागेको उक्त चलचित्र चाँडै फ्लोरमा जाने तयारीमा रहेको छ।

चलचित्र समीक्षक नविन सुब्वाका अनुसार अहिले चलचित्र क्षेत्र ठप्प रहेको अवस्थामा कलाकारहरुलाई दैनिकी चलाउन अफ्ठ्यारो परेका कारण ठुलो पर्दाबाट सानो पर्दामा आउनुभएको हो। अभिनय त अभिनय नै हो जहाँ गरेपनि तर दर्शकले हेर्न नजरमा भने फरक पर्ने नविनको भनाई छ।

नविन भन्छन,‘लकडाउनको समयमा कलाकारहरुलाई आर्थिकको मार पर्यो । चलचित्रका कुनै पनि काम भएनन्। त्यस कारण पनि चलचित्रका कलाकारहरु म्युजिक भिडियो खेल्न बाध्य भएका छन्। यस्तो अवस्थामा हामीले नराम्रो नजरले हेर्न मिल्दैन। मैले पनि देखिरहेको कुरा हो।

केहि चलचित्रमा जमेका कलाकारहरु विस्तारै म्युजिक भिडियोमा आइरहेको। मैले ठ्याक्कै यसैको कारण ठुलो  पर्दाबाट सानोमा आए भन्न नसकेता पनि ,आर्थिकै कारण उहाँहरु सानो पर्दामा आएको हुनुपर्छ।’

अभिनेता दयाहाङ राई लकडाउनपछि धमाधम म्युजिक भिडियोमा देखिन थालेका छन्। मिलन चाम्सको निर्देशनमा बनेको २ म्युजिक भिडियोमा राईले अभिनय गरिसके पछि लगालग उनी म्युजिक भिडियोमा छाइरहेका छन्। दया चलचित्रमा अभिनय गरेपछि नै म्युजिक भिडियोमा अभिनय गरेका हुन्।

भिडियो डिरेक्टरले अफर गरेका कारण म्युजिक भिडियोमा अभिनय गर्न थालेको उनको भनाई छ।
त्यस्तै भर्सटाइल अभिनेताका रुपमा परिचित विपिन कार्कीले लकडाउनको समयमा ‘डर छैन’ बोलको गीतको भिडियोमा अभिनय गरेका थिए।

 

उनको यो तेस्रो म्युजिक भिडियो रहेको छ। जुन म्युजिक भिडियोले युटुबमा १ करोड भन्दा बढि दर्शक कमाइ सकेको छ। उनले उकेरा डटकमसँगको कुराकानीमा भने ,‘चलचित्र पछि नै मैले केहि म्युजिक भिडियोमा काम गरेको हो । त्यो भन्दा अघि मैले म्युजिक भिडियो खेलेको थिइनँ।तीन बर्षदेखि यता केहि म्युजिक भिडियो डिरेक्टरले खेल्नका लागि आग्रह गर्नुभएकाले खेलेको हो।’

विपिनको एकपछि अर्को गर्दै पछिल्लो समय म्युजिक भिडियो आइरहेका छन्। एकसाता अघि सार्वजनिक भएको ‘बटौली’ बोलको म्युजिक भिडियोमा उनले अभिनय गरेका छन्। विपिनले भने,‘मलाई यस्तो गीतमा अभिनय गर्न रमाइलो लाग्छ । अभिनय हो, जहाँ गरेपछि दर्शक माझ आउनु त हो ।’ उनको विस्तारै विस्तारै म्युजिक भिडियो तर्फ आकर्षण बढेको छ।
 
चकलेटी हिरोमध्ये अहिलेसम्म अनमोल केसी,सौगात मल्ल, सलिनमान बनियाँ, धिरज मगर र सुशील श्रेष्ठ , म्युजिक भिडियोमा देखिएका छैनन्। अभिनेत्रीमा रेखा थापा, जसिता गुरुङले पनि म्युजिक भिडियोमा अनुहार देखाएका छैनन्।

 

मंसिर ५, २०७७ शुक्रबार ०८:५३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।