दुई वर्षपछि अभिनयमा फर्किए शाहरुख खान
काठमाडौं : बलिउड सुपरस्टार शाहरुख खान दुई वर्षपछि अभिनयमा फर्किएका छन्।
उनी सन् २०१८ पछि चलचित्र ‘पठान’मार्फत अभिनयमा फर्किएका हुन्। उनले पछिल्लो पटक ‘जिरो’ चलचित्रमा अभिनय गरेका थिए।
यशराज फिल्मले निर्माण गरेको ‘पठान’मा शाहरुख खानका अलवा जोन अब्राहम र दीपिका पादुकोणको मुख्य भूमिका रहने छ।
‘पठान’को आज (बुधबार)बाट छायांकन सुरु भएको भारतीय मिडियाले जनाएका छन्। मुम्बईको यसराज स्टुडियोमा चलचित्रको छायांकन थालिएको छ। चलचित्रलाई सिद्धार्थ आनन्दले निर्देशन गर्दै छन्।
स्टुडियोबाट बाहिरिएको एक तस्बिरमा शाहरुख खानले लामो कपाल पालेको देखिएको छ।
चलचित्र ‘पठान’को रिलिज अर्को वर्षको तिहारमा हुने छ।
मंसिर ४, २०७७ बिहीबार १७:१६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।