कोरोना संक्रमित डा. केसीलाई श्वास फेर्न समस्या
डा. केसीका सहयोगी प्रितम सुवेदीले शनिबार बिहान उकेरासँग भने, ‘हिजो साँझ उहाँलाई १०२ डिग्री ज्वरो आएको थियो। त्यतिबेला उहाँले श्वास फेर्न अलि गाह्रो भएको बताउनु भएको थियो।’
सुवेदीका अनुसार गत बिहीबार डा. केसीको पिसिआर परीक्षण गराउँदा कोरोना पोजेटिभ देखिएको थियो। कोरोनाको लक्षण देखिएपछि उहाँको परीक्षण गरिएको सुवेदीले बताए। सुवेदीका अनुसार डा. केसीलाई रुघाखोकीसँगै ज्वरो समेत आएको छ।
डा. केसीको थप स्वास्थ्य परीक्षण भइरहेको अस्पताललाई उध्दृत गर्दै सुवेदीले जनाएका छन्। डा. केसीलाई डा. सुवाश आचार्य नेतृत्वको टोलीले उपचार गरिरहेको छ।
डा. केसी शुक्रबार साँझ ७ बजे अस्पताल भर्ना भएका हुन्।
कात्तिक २९, २०७७ शनिबार ०९:३३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।