घट्यो सिजनेवल तरकारीको मूल्य, कसको कति ?

घट्यो सिजनेवल तरकारीको मूल्य, कसको कति ?

काठमाडौं : दसैंअघिसम्म उच्च रहेको तरकारीको मूल्य अहिले घटेको छ। तरकारी उत्पादनको सिजन सुरु भएपछि मूल्य घटेको हो। 

तरकारीको मूल्य कात्तिक पहिलो साताको तुलनामा प्रतिकेजी १० देखि १०० रूपैयाँसम्म घटेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ। घरको भान्सामा बढी प्रयोग हुने गोलभेडा, प्याज, साग अदुवा, लसुन, खुर्सानी आदि तरकारीको मूल्य घटेको छ। 

कालीमाटी तरकारी बजारमा अहिले चिनियाँ प्याज प्रतिकिलो १०० रूपैयाँमा किनबेच भइरहेको छ। यसअघि प्याजको मूल्य प्रतिकेजी १३५ रूपैयाँसम्म पुगेको थियो। 

तरकारी उत्पादनको सिजन सुरु भएकाले मूल्य घटेको समिति प्रवक्ता विनय श्रेष्ठले बताए। अहिले माग पनि कम भएकाले मूल्य अझै घट्न सक्ने उनको अनुमान छ। 

प्याजको मूल्य भने चीनबाट आयात भएकाले घटेको व्यापारी बताउँछन्। 

बेसिजनको तरकारीको मूल्य भने बढेको छ। समितिका अनुसार पुदिना, भिण्डी, लौका, बोडी, पिँडालु लगायतको मूल्य ५ देखि ४५ रूपैयाँसम्म बढेको छ। 

कसको कति ?  

(नोट : तरकारीको मूल्य प्रतिकेजीमा आधारित छ।) 

 

कात्तिक २८, २०७७ शुक्रबार १३:०८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।