ग्राहक प्रतीक्षा (फोटो फिचर)
विराटनगर : तिहार नजिकिँदै गर्दा विराटनगरस्थित गुद्री र शनि मन्दिर लाइनका इलेक्ट्रिक पसलहरूमा सजाइएका झिलिमिली बत्ती। कोरोना भाइरस (कोभिड १९) संक्रमणको महामारीका कारण अघिल्ला वर्षको तुलनामा यो वर्ष झिलिमिली बत्तीको व्यापार नभएको व्यापारी बताउँछन्।
कोरोना महामारीका कारण तडकभडक गरी चाडवाड मनाउन स्थानीय प्रशासनले रोक लगाएको छ। यस्तै, छठ पर्वमा खोला, घाटमा पूजा गर्न तथा भेला हुन पनि रोक लगाइएको छ।
दीपावलीका लागि घरमा झिलिमिली बत्तीले सजाउने र छठ पर्वमा घर, खोला, पोखरी तथा नहरका किनारा र घाटहरूमा झिलिमिली बत्तीले सजाउनेहरू घटेका कारण बत्तीको व्यापार न्यून भएको व्यापारीको भनाइ छ।
कात्तिक २५, २०७७ मंगलबार १९:५०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।