बाजा नेपालले भर्चुअल देउसी भैलो खेल्ने

बाजा नेपालले भर्चुअल देउसी भैलो खेल्ने

काठमाडौं : कोरोना महामारिका चाड पर्व मनाउने स्वरुप परिर्वतन हँुदैजादा नजिकिदो यस वर्षको तिहारमा देउसी भैलो पनि भर्चुअल माध्यमबाट खेलिने भएको छ। 

बाजा संरक्षणमा सक्रिय सस्था ‘बाजा नेपाल’ ले कार्तिक २८ गते भर्चुअल देउसी भैलो आयोजना गर्न लागेको हो।

कोरोना महामारीले गर्दा बाहिर निस्किएर देउसी भैलो खेल्न सक्ने अवस्था नभएपछि भर्चुअल देउसी भैलो खेल्न लागेको बाजा नेपालका संस्थापक अध्यक्ष सुर्दशन जिसीले बताए। 

‘संस्कृतीलाई  समायानसकुल भए पनि चलाउनु पर्छ भन्ने लागेर हामीले भर्चुअल देउसी भैलोको आयोजना गरेका हौं’ जिसीले भने। 

अनलाइन मिटिङएप जुमको प्रयोगबाट साझ ५ देखि ६ बजे सम्म  संचालन हुने भर्चुअल देउसी भैैलोमा विभिन्न किसिमका सस्कृती झल्कने प्रस्तुती समाबेश हुने जिसीले जानकारी दिए।

प्राय संगीतमय हुने भर्चुअल देउसी भैलोमा मौलिकता झल्कने सामग्रीहरु पनि रहने जनाइएको छ। 

विषेशत सात जना कलाकारको प्रस्तुती रहने भर्चुअल देउसी भैलो कार्यक्रममा दुई समुहले प्रस्तुती दिनेछन्। 

‘सबै बाजा नेपालकै कलाकार हुनेछन्’ जिसीले थपे,‘सास्कृतिक कार्यक्रम भर्चुअल माध्यमबाट संचालन गर्दा कत्तिको प्रभावकारिता हुन्छ भन्ने बुझ्नका लागि पनि हामीले अभ्यास गरेका हांै।’

नरेश प्रजापति, सम्भु खम्बो लिम्बु, समिर डंगोल, लाल बहादुर लामा, अजित महर्जन, नितिक महर्जन, रोहित महर्जन, समन महर्जनको प्रस्तुती रहने भर्चुअल देउसी भैलो हेर्न बाजा नेपालको फेसबुक पेजमा अनलाइन रजिष्टे«शन गराउनु पर्नेछ। 

कात्तिक २५, २०७७ मंगलबार १३:३९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।