कार्तिक नाच अझै अनिश्चित
काठमाडौं : कोरोना भाइरस (कोभिड–१९) संक्रमणको महामारीका कारण चारसय वर्ष पुरानो कार्तिक नाच सञ्चालनबारे अन्योलता कायमै रहेको छ।
केही वर्षयता कार्तिक शुक्ल षष्ठिदेखि त्रयोदशीसम्म (१२ दिन) चल्दै आएको नाच यस वर्ष कार्तिक सकिनै लाग्दासमेत सञ्चालनबारे एकिन नभएको हो।
ललिपुर महानगरपालिकाले स्वीकृत नदिकै कारण नाच कहिले हुने भन्ने एकिन नभएको नाच संरक्षण समितिका अध्यक्ष किरण चित्रकारले बताए।
‘नाच कहिले सुरु हुन्छ भन्न सकिने अवस्था छैन। महानगरले कार्तिकको पहिलो साता मितिको लागि छलफल गर्छाै भनेको छ’ चित्रकारले भने।
नाच सञ्चालन गर्नेमा ललितपुर महानगरपालिकालगायत अन्य स्थानीय तह सकारात्मक छन्।
‘नाच नरोकिने पक्का भयो तर यही दिनबाट गर्ने भनेर एकिन भैसकेको छैन’ अध्यक्ष चित्रकारले भने,‘सुरक्षायन्त्रको प्रयोग गरेर कोभिड–१९ को जोखिम कम गर्दै नाच सञ्चालन गर्ने हो।’
कम्तिमा दुई दिन मात्र भएपनि नाच संचालन गर्ने सोच बनाएको उनले बताए। ‘परम्परा धान्न नाच मध्यको मुल नाचलाई छुटाउने कुरै नहुने चित्रकारको भनाइ छ।
उनले नाच संचालन गर्न समिति तयार रहेको र महानगरकोे अनुमति पर्खिएको सुनाए।
कात्तिक २४, २०७७ सोमबार १४:२५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।