टीममा कोरोना संक्रमण देखिएपछि ‘आई एम ट्वान्टी वान’को छायांकन रोकियो
काठमाडौ : चलचित्र ‘आई एम ट्वान्टी वान’ का कलाकार तथा प्राविधिकलाई कोरोना संक्रमण देखिएपछि छायांकन रोकिएको छ।
राजधानीमा नै छायांकन गरिरहेका चलचित्रका ३ जना कलाकार तथा प्राविधिकमा कोरोना संक्रमण देखिएपछि चलचित्रको छायांकन रोकिएको हो।
चलचित्रलाई रेनशा वान्तवा राइले निर्देशन गरिरहेकी थिइन्। प्रज्ज्वल शमशेर जबराले निर्माण गरिरहेको यस चलचित्रमा धिरज मगर, जसिता गुरुङ लगायतका कलाकारले अभिनय गरिरहेका छन्।
फुलपातीबाट छायांकनमा निस्किएको यस चलचित्र निर्माता प्रज्ज्वल शमशेर जबराले जोमिख मोलेरै चलचित्र निर्माणमा लागेको बताएका थिए।
उनले चलचित्र छायांकन स्थलमा २५ जना भन्दा बढि कलाकार तथा प्राविधिक नराख्ने जानकारी दिएका थिए।
यदि कोही सदस्य संक्रमित भएको खण्डमा थोरै मान्छे हुँदा कन्ट्याक्ट ट्रेसिङ गर्न सजिलो हुने उनको भनाई थियो।
कात्तिक २४, २०७७ सोमबार १३:४१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।