कैलालीमा कोरोना संक्रमित दुई जनाको मृत्यु 

कैलालीमा कोरोना संक्रमित दुई जनाको मृत्यु 

काठमाडौं : कैलालीमा सोमबार थप दुई जना कोरोना भाइरस (कोभिड-१९) संक्रमितको मृत्यु भएको छ।

कोरोना संक्रमण भएका टीकापुर नगरपालिका–१ का ९० वर्षीय पुरुष र धनगढी उपमहानगरपालिका–२ का ८४ वर्षीय पुरुषको मृत्यु भएको हो। 

टीकापुर नगरपालिका स्वास्थ्य शाखा प्रमुख बलबहादुर रावलले ९० वर्षीय पुरुषको होम आइसोलेसनमै रहेका बेला आज बिहान ७ बजे मृत्यु भएको जानकारी दिए।

धनगढीका ८४ वर्षीय पुरुषको आज बिहान ९ बजे सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको सूचना अधिकारी दिलिप श्रेष्ठले बताए। श्रेष्ठका अनुसार निमोनियासम्बन्धी समस्याबाट पीडित ती पुरुषलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो। 

कात्तिक २४, २०७७ सोमबार १२:२६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।