अफ्रिकामा ‘आइसक्रिम’लाई दुई विधामा अवार्ड

अफ्रिकामा ‘आइसक्रिम’लाई दुई विधामा अवार्ड

संगीता श्रेष्ठ निर्देशित चलचित्र ‘आइसक्रिम’ले दुई विधामा अवार्ड हात पारेको  छ। 

‘अफ्रिका फिल्म फोर इम्प्याक्ट फेस्टिभल’मा लघुचलचित्र ’आइसक्रिम’ले २ विधामा अवार्ड हात पारेको हो। उक्त अवार्डमा ‘बेस्ट चाइल्ड एक्टर’ विधामार्फत योगिशा खत्रीले अवार्ड पाएकी छन् भने ‘बेस्ट इडिटर’मा लोकेश बज्रचार्यले अवार्ड पाएका छन्।

संगीताका अनुसार चलचित्र बेस्ट स्क्रिन प्ले,चलचित्र र निर्देशन विधातर्फ मनोनयनको शीर्ष तीनसम्म पुगेको थियो ।

‘यति ठुलो फेस्टिभलमा आफ्नो टिमले अवार्ड जित्छ भन्ने लागेकै थिएन। आयोजकले हाम्रो चलचित्र ‘आइक्रिमबाट’ दुई विधामा दियो । यसैमा अत्यन्तै खुसी रहेका छौँ’,संगीताले भनिन् ।

९ मिनट लामो चलचित्रमा बाल यौन शोषणमाथी आधारित रहेर निर्माण गरिएको  छ। सडकमा पैसा माग्दै हिँड्ने एक बालिकामाथी  चलचित्रको विषयवस्तु बनाइएको छ।

चलचित्र ‘आइसक्रिमले हाम्रो समाजका छोरीहरु बलात्कार, यौन शोषणमा कसरी पर्छन् भन्ने देखाएको छ। हाम्रा छोरीहरुलाई हामीले यस किसिमको अपराधबाट बचाउनुपर्छ भन्ने उद्देश्य हो फिल्मको,’ उनले भनिन् ।

‘अफ्रिका फिल्म फोर इम्प्याक्ट फेस्टिभल’ नोभेम्बर ३ देखि ७ सम्म भर्चुअल रुपमा आयोजना भएको थियो।  

 

कात्तिक २४, २०७७ सोमबार १०:५७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।