केयुका विद्यार्थी अनशनमा

केयुका विद्यार्थी अनशनमा

काठमाडौं : अनलाइन कक्षाको बाहेक अन्य शीर्षकमा पनि शुल्क तिर्न सूचना जारी गरेपछि काठमाडौं विश्वविद्यालयले विद्यार्थीहरु आन्दोलित भएका छन्। 

 

अनलाइनबाट पठनपाठन गरेर साविक कक्षा सञ्चालनको जस्तै गरी अतिरिक्त शुल्क उठाउन खोजेको भन्दै विश्वविद्यालयका स्कुल अफ इञ्जिनीयरिङ, स्कुल अफ साइन्स्, स्कुल अफ ल र स्कुल अफ म्यानेजमेन्टका विद्यार्थीले काभ्रेस्थित विश्वविद्यालयको प्रशासन भवन परिसरमा रिले अनशन थालेका हुन्। 

आन्दोलित विद्यार्थी शैलेश मिश्रले आफूहरुसँग भएको सहमतिको पनि पालना नभएकाले अनशन गर्न बाध्य भएको बताए।

२४ कात्तिक, २०७७, ०९:४५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।