मनोजको स्वास्थ्यमा सुधार, नआत्तिन पूर्वपत्नी मीनाको आग्रह

मनोजको स्वास्थ्यमा सुधार, नआत्तिन पूर्वपत्नी मीनाको आग्रह

कोरोना भाइरस संक्रमित चर्चित स्ट्यान्डअप कलाकार मनोज गजुरेलको स्वास्थ्यमा क्रमिक सुधार भएको छ। 

उनकी पूर्वपत्नी मीना ढकालले मनोजको स्वास्थ्यमा व्यापक सुधार भएको बताएकी हुन्।

आफुले मनोजका आफन्त र अस्पतालका डाक्टरसँगको कुराकानीमा मनोज खतरामुक्त रहेका जानकारी पाएको सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएकी छन्। 

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन,‘ मनोज जीको स्वास्थको बारेमा धेरै चिन्तित नहुन विनम्र आग्रह गर्दै उहाँको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको जानकारी मैले पाइरहेको छु। त्यसैले कोही पनि नआत्तिन आग्रह गर्दछु।’ 

मनोज सिकिस्त भएको खबर बाहिरिएपछि मीनाले मनोजलाई सामाजिक सञ्जाल फेसबुकमार्फत प्रेमभाव पत्र लेखेकी थिइन्। मनोज गजुरेलले यसबारेमा कुनै प्रतिक्रिया दिएका छैनन्। 

बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालमा उपचार गराइरहेका गजुरेलको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको कमेडी च्याम्पियनका निर्देशक बिशाल भण्डारीले बताए।

हिजो अस्तिको भन्दा आज मनोजको स्वास्थ्यमा निकै सुधार भएको र अस्पतालमानै आराम गरिरहेको उनले बताए। 

मनोजको स्वास्थ विग्रिएको भन्ने समाचार बाहिर आएपछि शुक्रबार उनैले सामाजिक सञ्जाल फेसुबुक पेजमार्फत आफ्नो स्वास्थ्यमा राम्रो सुधार भएको जानकारी दिएका थिए। 

कात्तिक १० गते आफुमा कोरोना पुष्टि भएको भन्दै मनोज होम क्वाराइन्टाइनमा बसेको सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराएका थिए। तर, अचानक उनको श्वासप्रश्वासमा समस्या भएपछि थप उपचारका लागि कात्तिक १९ गते अस्पतालमा भर्ना गरिएको थियो। उनको आइसियुमा उपचार भइरहेको छ। 


 
 

कात्तिक २३, २०७७ आइतबार १६:२३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।