देश छोड्न मरिहत्ते किन ?

देश छोड्न मरिहत्ते किन ?

सकल युवा भाग्ने, विदेशको काम खोज्दै 
अरबको गर्मी खेप्दै, दुःखको मार्ग रोज्दै
 

परिजन र बचराको पेट भर्न नपाएर 
भाको आफ्नो घरखेत बन्धकी लगाएर 

त्यही धन लिएर साउदी वा कतार
ठगिने जोखिम भए नि जान छन् तयार 

कोही भने धन खर्चेर जान्छन् अमेरिकातिर 
घरमा भाका बाआमालाई सन्तानको पीर 

तनमन लागेकै छ खोज्न पिआर 
जसरी पनि विदेश भाग्नै हतार 

विदेशिनेका घर रित्ता, छैनन् वयस्क
मलिन मुख भएका वृद्धवृद्धा प्रशस्त

पढाईमा अब्बल र सीपमा दक्ष जो छन् 
तीन युवा दिनदिनै देश छाडेर हिँड्छन्

अपठित मान्छे जति मस्त छन् देश गोड्न
युवा किन मरिहत्तै गर्छन् देश छोड्न ?   
 

कात्तिक २२, २०७७ शनिबार १२:०८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।