झिलिमिली विराटनगर (फोटो फिचर)

झिलिमिली विराटनगर (फोटो फिचर)

विराटनगर  : तिहार नजिकिएसँगै विराटनगर झिलिमिली हुन थालेको छ। विराटनगर महानगरपालिकाले सडक छेउका पोलहरूमा नयाँ बत्ती जडान गर्न थालेपछि सहर झिलिमिली देखिन थालेको हो। 

विराटनगर महानगरपालिकाले हरेक वर्ष तिहारमा नगरका सबै सडकबत्तीहरू चुस्त बनाउने गर्छ। यो वर्षको तिहारका लागि पनि महानगरपालिकाले सडक छेउमा जडान भएका बिग्रेका, जलेर नबलेका बत्तीहरू फेर्न थालेको छ।

यस्तै, महानगरपालिकाले बत्ती जडान नभएका स्थानमा पनि नयाँ बत्ती जडान कार्यलाई तीव्र पारिएको छ, जसका कारण सडक झिलिमिली हुन थालेका छन्।

जनप्रतिनिधि आएसँगै महानगरका सडक कालोपत्रेको कामले पनि गति लिएको छ। नगरको मुख्य सहरी क्षेत्रका अधिकांश सडक कालोपत्रे भइसकेका छन्। चिल्ला सडक र झिलिमिली बत्तीले विराटनगर नवदुलही जस्तै देखिन थालेको छ। 


 

कात्तिक १८, २०७७ मंगलबार १६:१२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।