यट्युबबाट हटाइयो ‘छ माया छपक्कै’
काठमाडौं : चलचित्र ‘छ माया छपक्कै ’ पाइरेसी भएको केही घण्टामै यट्युबबाट हटाइएको छ।
शनिबार यट्युबमा अपलोड भएको चलचित्र ‘छ माया छपक्कै’ केही घण्टापछि हटाइको हो। सञ्चारमाध्यममा चलचित्र पाइरेसी भएको खबर बाहिरिएसँगै कपिराइटर ‘आमा अग्नी’ यट्युब च्यानलले हटाएको निर्माता रोहित अधिकारीले बताए। उनले चलचित्रको भ्युज बढिरहेको कारण हतार हतार कपिराइट हानेर चलचित्र यट्युबबाट हटाइएको जानकारी दिए।
चलचित्रलाई कसले र किन अपलोड गर्यो भन्ने कुरा प्रहरीले पत्ता लगाउने निर्माता अधिकारीले बताए।
उनले भने, ‘चलचित्र यट्युबमा सार्वजनिक भएको हो। मैले पनि पुरै चलचित्र युटुवमा हेरे। यो चुहावट चलचित्र एप मार्फत भएको हो की भन्ने मेरो आशंका हो’ कसले अपलोड गरेको हो भन्ने कुरा प्रहरीले नै पत्ता लगाउने छ।’
‘शनिबार चलचित्र ‘छ माया छपक्कै’ (सङअल) नामक च्यानलबाट अपलोड गरिएको थियो। अपलोड हुनासाथ हामीले फिल्मलाई बन्द गरायौँ,’ निर्माता अधिकारीले उकेरा डटकमको कुराकानीमा भने।
निर्देशक दिपेन्द्र लामाले टिभीबाट खिचेर यट्युबमा अपलोड गरिएको बताएका छन्। उनले पाइरेसी भन्दा पनि कसैले चलचित्र प्रसारण भइरहेको बेला टिभीबाट खिचेर यट्युबमा अपलोड गरेको बताए।
‘चलचित्र यट्युबमा अपलोड भएको हो । मैले पनि पाइरेसी भयो भन्ने सुनेर चलचित्र यट्युबमा हेरे। पाइरेसी भन्दा पनि कसैले टिभीबाट या एपबाट खिचेर चलचित्र अपलोड गरेको रैछ,’ लामाले भने,‘चलचित्र हेर्दा नबुझिने। किरमिर देखियो। यसलाई ठुलो इस्युका रुपमा लिन हुँदैन।’
प्रहरीले यस्तो केस वास्तै गर्दैन
निर्माता रोहित अधिकारीले चलचित्र पाइरेसी भएको र प्रहरीमा उजुरी दिने बताए। चलचित्र पाइरेसीले निर्मातालाई लाखौं रुपैयाँ घाटा लाग्ने निर्माता अधिकारीको भनाइ छ।
‘दोषि पत्ता लगाउनका लागि प्रहरीमा उजुरी दिने निधो गरेका छौं। म दाङ आएकोले तत्काल काठमाडौं आइपुग्न सकिने अवस्था छैन,’ अधिकारीले भने।
तर, निर्देशक दिपेन्द्र लामाले यस्तो कुरा प्रहरीले सोधिखोजी नगर्ने बताए। अहिलेसम्म प्रहरीले कपिराइटको विषयमा चासो दिने गरेको छैन। केही चलचित्रमा यस्तै लफडा भएर अन्तमा ढिसमिस भएको उनको भनाई छ।
योभन्दा अघि चलचित्र ‘जात्रै जात्रा’ लगायत केही चलचित्र पाइरेसी हुँदा प्रहरीले वास्ता नगरेको दिपेन्द्र भन्छन्।
‘प्रहरीले पाइरेसी गर्ने मान्छे समातिए पनि उनले करोडको बिगो तिर्न नसक्दैन।
त्यस कारण पनि प्रहरीले कपिराइटको बिषयमा उजुरी हाल्दा वास्ता गर्दैन,’ दिपेन्द्रले भने।
बेला बेलामा चलचित्रलाई डिसहोम र चलचित्र एपबाट प्रसारण गरिदै आएको छ।
यो चलचित्रमा दिपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, केकी अधिकारी, सुपुप्पा भट्ट लगायतको अभिनय छ।
कात्तिक १७, २०७७ सोमबार १४:०५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।