माक्स नलगाएको भन्दै आमिर खानविरुद्ध उजुरी
काठमाडौं : चलचित्र सुटिङ गर्दा माक्स नलगाएको भन्दै बलिउड अभिनेता आमिर खानविरुद्ध उजुरी परेको छ।
‘लाल सिंह चड्ढा’ सुटिङमा माक्स नलगाइ पुगेका आमिरविरुद्ध प्रहरीमा उजुरी परेको हो। उनी गत बुधबार चलचित्रको सुटिङका लागि गाजियावाद पुगेका थिए।
लकडाउन नियम उल्लंघन गरेको भन्दै आमिरविरुद्ध लोनीका विधायक नन्दकिशोर गुर्जरले प्रहरीकहाँ उजुरी दर्ता गरेको भारतीय मिडिया ‘डिएन’ले जनाएको छ।
उजुरीमा लेखिएको छ,‘आमिर खान आफ्नो टिमको साथ लोनी आएका थिए। यो क्रममा उनले मास्क लगाएका थिएनन्। धेरै भिडभाडमा उनले सामाजिक दुरीको पनि पालना गरेनन्।’
चलचित्र ‘लाल सिंह चड्ढा’लाई अद्धेत चन्दनले निर्देशन गरिरहेका छन्। चलचित्रमा आमिर खानसँगै करिना कपुरको मुख्य भूमिका छ।
आमिरले माक्स नलगाएको फोटो सामाजिक सञ्जालमा भाइरल समेत भइरहेको छ। तर, उनले यसबारे प्रतिक्रिया दिएका छैनन्।
कात्तिक १५, २०७७ शनिबार १५:०९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।