असुरक्षित काम (फोटो फिचर)
धरान : विराटनगरको ६ लेन सडकखण्डको मुनालपथमा काम गर्दै कामदार। निर्माण कम्पनीले स्वास्थ्य सुरक्षाका सामग्री उपलब्ध नगराउँदा सडक निर्माणमा खटिएका कामदारहरू असुरक्षितरूपमा काम गर्न बाध्य छन्।
धुलो उडाउने र सडक बढार्ने कामदारलाई समेत माक्स, पञ्जा, टोपी लगायतका स्वास्थ्य सुरक्षाका सामग्रीहरू उपलब्ध गराइएको छैन।
६ लेन सडकअन्तर्गत विराटनगरको वरगाच्छी-महेन्द्र चोक सडकखण्ड निर्माणको जिम्मा चुन्नीरमण जेभीले पाएको छ। मुख्य ठेकदार चुन्नीरमण भए पनि पेटी ठेकदारका रूपमा भूमि कन्स्ट्रक्सन प्रालिले निर्माण भइरहेको छ।
पाँच वर्षपहिले निर्माणका लागि भत्काइएको सडक अझैसम्म सम्पन्न नहुँदा बाटो प्रयोगकर्ता र सडक छेउछाउका स्थानीय धुलो र हिलोले हैरान भएका छन्।
कात्तिक १३, २०७७ बिहीबार १९:२३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।