बडादसैंको टीका (फोटो फिचर)

बडादसैंको टीका (फोटो फिचर)

काठमाडौं : नेपालीहरुको मुख्य पर्व बडादसैंको प्रमुख दिन विजयादशमी मान्यवरको हातबाट टीका थापेर आज मनाइँदैछ।

असोज शुक्ल दशमीका दिन पर्ने विजयादशमीमा परिवारका ज्येष्ठ व्यक्ति, गुरु, पुरोहित, मान्यजनलगायतको हातबाट नवदुर्गा भवानीको टीका, जमरा तथा प्रसाद थाप्ने प्रचलन छ। बडादसैंको टीका तथा जमरा लगाए यश, ऐश्वर्य वृद्धि र दीर्घायु हुने मान्यता छ। 

टीकालाई शुभ साइतको र जमरालाई समृद्धिको प्रतीक मानिन्छ। 

सत्ययुगमा देवीले महिषासुर र त्रेतायुगमा रामले असत्यको प्रतीक रावणमाथि आजकै दिन विजय प्राप्त गरेकाले त्यही समयदेखि विजयादशमी मनाउन सुरु गरिएको धार्मिक विश्वास छ। 

तस्बिरहरु : सामाजिक सञ्जालबाट। 

कात्तिक १०, २०७७ सोमबार ११:५२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।