प्रदर्शनमा नआउँदै अक्षयको ‘लक्ष्मी बम’ विवादमा 

प्रदर्शनमा नआउँदै अक्षयको ‘लक्ष्मी बम’ विवादमा 

काठमाडौं : बलिउड अभिनेता अक्षय कुमार अभिनित चलचित्र ‘लक्ष्मी बम’ विवादमा परेको छ। चलचित्रको ट्रेलर रिलिज भएसँगै फिल्म ‘लक्ष्मी बम’ विवादमा तानिएको हो। 
 

फिल्मको कथावस्तुमा हिन्दू धर्मलाई हेपिएको भन्दै विभिन्न संघसंगठनले विरोध जनाएका छन्। 

हिन्दू सेनाले सूचना एवं प्रसारणमन्त्री प्रकाश जावडेकरलाई पत्र लेखेर चलचित्रको नाम परिवर्तन गर्न चेतावनी दिएको छ। हिन्दू सेनाका राष्ट्रिय अध्यक्ष विष्णु गुप्ताले विज्ञप्ति जारी गर्दै चलचित्रले हिन्दू धर्मावलम्बीको भावनामा ठेस पुर्याएकाले नाम परिवर्तन गर्न माग गरेका छन्। उनले चलचित्रमा हिन्दू धर्मलाई अवहेलना गरेको आरोप लगाएका छन्। 

विज्ञप्तिमा भनिएको छ, ‘यदि हाम्रो माग पूरा गरिएन भने हिन्दू सैनिकले चलचित्रको विरोध गर्नेछन्। प्रदर्शन अगाडि चलचित्रको नाम परिवर्तन नगरिए म सबै हिन्दू धर्मसँग जोडिएका व्यक्तिहरूसँग यो फिल्म बाइकट गर्न आग्रह गर्नेछु।’

चलचित्रबारे हिन्दू जनजागृति समिति र अखिल भारतीय हिन्दू महासभाले विरोध जनाइसकेका छन्। 

कात्तिक ६, २०७७ बिहीबार १४:१६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।