रेडपान्डाको छालासहित ४ पक्राउ 

रेडपान्डाको छालासहित ४ पक्राउ 

सुर्खेत : दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित सुर्खेतको बीरेन्द्रनगरबाट चार जना प्रकाउ परेका छन्।
 

सुर्खेत प्रहरीले बीरेन्द्रनगर–६ गोदामलाईनको एक रेष्टुरेन्टबाट चार जनालाई बुधबार नियन्त्रणमा लिएको हो।

रेडपाण्डाको छाला खरिद बिक्री गरिरहेको अवस्थामा उनीहरुलाई रंगेहात पक्राउ गरिएको सुर्खेत प्रहरीले जनाएको छ।

पक्राउ पर्नेहरुमा दैलेखको नौमुले गाँउपालिकाका मनोज विक,कविन्द्र सुनार मन बहादुर सुनार र सविता थापा रहेका छन्।

गोप्य सूचनाको आधारमा होटलमा छापा मारेको प्रहरीले रेडपाण्डाको छाला बरामद गरेको हो।

यसको लागत मुल्य चार लाख बराबरको रहेको प्रहरीको भनाइ छ। प्रकाउ परेकालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

पक्राउ परेकालाई राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन अनुसार १० लाखसम्म जरिवाना र ५ वर्ष देखि १० वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने कानुनी व्यवस्था छ।
 

कात्तिक ५, २०७७ बुधबार १७:३६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।