देवेन्द्रको ‘इमानको पहाड’ र ‘यस्तै भयो यो जुनीमा’ सार्वजनिक

देवेन्द्रको ‘इमानको पहाड’ र ‘यस्तै भयो यो जुनीमा’ सार्वजनिक

काठमाडौं : साहित्यकार देवेन्द्र केसी ‘देवु’को मुक्तक संग्रह ‘इमानको पहाड’ र गीति एल्बम ‘यस्तै भयो योजुनीमा’ सार्वजनिक गरिएको छ।

काठमाडौंमा एक कार्यक्रमको आयोजना गरि दुई कृति सार्वजनिक गरिएको हो। उनका यि दुवै कृतिलाई वरिष्ठ साहित्यकार एवं पूर्वअर्थमन्त्री शंकर कोइरालाले सार्वजनिक गरेका हुन्।

साहित्कार केसीले यसअघि नै तीनवटा कृती प्रकाशन गरिसकेका छन्। कार्यक्रममा सार्वजनिक गरिएको ‘इमानको पहाड’माथि साहित्कारहरुले टिप्पणी गरेका थिए।

कार्यक्रममा युवा समालोचक महेश पौड्यालले केसीमा कोमल, नरम र हृदयसंवेद्य शब्दहरूको संयोजन गरेर काव्य रचना गर्ने अद्भुत सामथ्र्य रहेको बताए।

पौडेलले केसीमा कठोर अभिव्यक्ति दिनुपर्ने विषय र सन्दर्भमा समेत सुकोमल शब्दको प्रयोगबाट मुटु छेड्ने प्रस्तुती दिने कला लोभलाग्दो रहेको टिप्पणी गरे।

यो जुनीमा यस्तै भयो एल्बममाथि बोल्दै उक्त एल्बमका संगीतका शक्तिबल्लभले निकै सरल शब्द, सहज अभिव्यक्ति र सुन्दर अनि कलात्मक प्रस्तुती केसीका गीतमा रहेको बताए।

लोकजीवनका बिम्ब, पौराणिक कथाका पात्रलाई समेत गीतमा उन्न सक्ने केसीको खुबीको शक्तिबल्लभले प्रशंसा गरे।
समालोचक, कवि घनेन्द्र ओझाले देवेन्द्र केसीका रचनामा प्रकृती र इमानको अन्त्य धेरै प्रयोग भएको बताए।

लोकजीवनमै जन्मेहुर्केका केसीको लोकसाहित्य, लोककला र लोकसंस्कृतिप्रतिकोप्रेम उदेकलाग्दो भएको ओभलाको टिप्पणी थियो।

गीतकार संघका अध्यक्ष चूडामणि देवकोटाले सुन्दर, राष्ट्रप्रेमयुक्त र कलात्मक गीत रचना गर्ने केसीको गीत लेखनमा निरन्तरताको कामना गरे।

त्यस्तै अर्का गीतकार तथा कवि शंकर कोइरालाले पनि  देवेन्द्र केसीका कविता, मुक्तक र गीत तीनवटै विधामा सशक्त रहेका बताए।

सार्वजनिक भएको गीति एल्बम ‘यो जुनीमा यस्तै भयो’मा शक्ति बल्लभको एकल संगीत रहेको छ। आनन्द कार्की,शिशिर योगी, स्वरूपराज आचार्य, मिलन नेवार, नवीन कार्की, सुमित खड्का र शक्ति बल्लभ स्वयंले एल्बमका गीतमा स्वर भरेका छन्।

 

कात्तिक २, २०७७ आइतबार ११:४६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।