शक्तिपीठमा दर्शनार्थी (फोटो फिचर)

शक्तिपीठमा दर्शनार्थी (फोटो फिचर)

राजधानीलगायत देशभरका हिन्दू धर्मावलम्बीले आज घरघरमा विधिपूर्वक जमरा राखेका छन्।

यस दिन नजिकको नदी वा चोखो स्थलबाट ल्याइएको बालुवा अथवा माटोलाई पूजाकोठा अथवा दसैँघरमा विधिपूर्पक राखेर त्यसमाथि जौ रोपिन्छ, यसैलाई जमरा राख्ने भनिन्छ। 

यसरी राखिएको जमरा विजयादशमीको दिन टीका प्रसादसँगै ग्रहण गरिन्छ। 

घटस्थापनाकै दिन देशभरका शक्तिपीठमा दर्शनार्थीको आएका छन्। कोरोना भाइरस (कोभिड-१९) संक्रमणको महामारीबीच पनि राजधानीको भ्रदकाली मन्दिर, संकटा मन्दिरलगायत क्षेत्रमा दर्शनार्थी आएका थिए। 

कात्तिक १, २०७७ शनिबार १४:३६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।