कविता : दसैं–तिहार    

कविता : दसैं–तिहार    

खोई मेरा प्यारा आएनन् फर्की 
वल्लाघरे, पल्लाघरे, माथ्लाघरे सबै आए
खोई मेरा प्यारा आएनन् फर्की।

तुन्दातुन्दा यो साडी हेर
प्वालैप्वाल भो, 
छोपिएन लाज
नानीहरू सोध्छन् खोई हाम्रा बाबा
होच्याई बोल्छन् छिमेकी सारा।

सयपत्री फुल्यो, मखमली फुल्यो
माइतीलाई खोज्दै चेलीको मन डुल्यो,
जोरीपारी लाग्छन् अघि र पछि
खोइ तिम्रा खसम भन्दै गिज्याउँछन् मलाई।

दसैं आयो, तिहार आयो
सबैतिर उमंग छायो रंगीन छायो,
हजुरको बाटो हेर्दाहेर्दै थाकिसकेँ म
मेरो लागि न दसैं आयो न तिहार आयो।

कात्तिक १, २०७७ शनिबार १२:५९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।