त्रिभुवन विश्वविद्यालयले कोरोना बिदा दिने
परिषद्को बैठकले कार्यालयको कामको सिलसिलामा कोरोना पोजिटिभ देखिएका र कन्ट्याक ट्रेसिङमा परेकालाई ७ दिन भन्दा बढी अवस्था अनुसार बिदा दिने निर्णय गरेको हो।
त्रिविका पदाधिकारी, शिक्षक तथा कर्मचारी क्वारेन्टिनमा बस्नु परेको अवस्थामा वा कोरोना पोजिटिभ प्रमाणित भई आइसोलेशन र उपचारमा बस्नु परेको अवस्थामा क्वारेन्टिनको अवधिमा ७ दिनसम्मको र कोरोना पोजिटिभ देखिएमा आइशोलेशनमा वसेको अवधिभर बिदा दिने निर्णय गरेको छ।
यसैगरी कोरोना उपचारको लागि अस्पतालमा बस्नु परेमा अस्पतालमा बसेको अवधिभर समेतको आधारमा कोरोना बिरामी बिदा दिने निर्णय भएको रजिष्टार कार्यलयका प्रमुख बैकुण्ठप्रसाद थपलियाले जानकारी दिए।
असोज ३०, २०७७ शुक्रबार १७:२३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।