‘मिस युनिभर्स नेपाल’मा सहभागी हुन आह्वान 

‘मिस युनिभर्स नेपाल’मा सहभागी हुन आह्वान 

काठमाडौं : ‘मिस युनिभर्स नेपाल’को नयाँ फ्रान्चाइजी ब्रेभ, बोल्ड एण्ड ब्युटिफुल प्रालिले आफ्नो एपमार्फत प्रतियोगितामा सहभागी जनाउन आह्वान गरेको छ। 

कम्पनीले आफ्नो नयाँ एप ‘मुन’मार्फत ‘मिस युनिभर्स नेपाल’ प्रतियोगितामा सहभागी जनाउन आह्वान गरेको हो। 

कम्पनीकी फाउण्डर एवं सन् २०१७ को ‘मिस युनिभर्स’ नग्मा श्रेष्ठले प्रतियोगितामा सहभागी हुने पहिलो २० प्रतियोगीहरूलाई निःशुल्क रजिस्ट्रेसन गरिने बताइन्। 

यस्तै, पछिल्लो पाँच हजार प्रतियोगीहरूका लागि एक हजार रूपैयाँ दर्ता शुल्क तोकिएको कम्पनीले जनाएको छ। यसैगरी, देशबाहिर रहेका नेपालीहरूको लागि ५० डलर रजिस्ट्रेसन शुल्क निर्धारण गरिएको छ। 

सर्वाधिक धनराशि भएको दाबी गरिएको उक्त प्रतियोगिताको विजेताले १० लाख रूपैयाँ नगद पाउने छन्।

प्रतियोगिताको विजेता मतदानबाट छनोट गरिने छ। 

‘मुन’ एप गत बिहीबार ‘लन्च’ गरिएको थियो। कम्पनीकी फाउण्डर श्रेष्ठले एपिवान एचडीबाट प्रत्यक्ष प्रशारण भएको ‘द नग्म्याटिक सो’मा एप लन्च गरेकी थिइन्। ‘मुन’ मिस युनिभर्स नेपालको अंगेजी लेटरको छोटो फर्म हो। 

यो एपलाई एन्ड्रोइडको गुगल प्ले स्टोर तथा एप्पल आइओ एसमा लन्च गरिएको छ।

प्रतियोगिता घोषणा भएको ४८ घण्टामा एपमा एक हजार पाँच सयभन्दा बढी प्रयोगकर्ताहरूको सहभागिता देखिएको कम्पनीले जनाएको छ। 
 

असोज २८, २०७७ बुधबार १६:५५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।