हेम, सरिता र डब्बुको ‘यसपालिको दशैं...’

हेम, सरिता र डब्बुको  ‘यसपालिको दशैं...’

काठमाडौं : दशैंलाई लक्षित गरेर गायिका सरिता भारती र गायक हेम श्रेष्ठले आफ्नो युगल स्वरमा ‘यसपालीको दशैं...’ को भिडियो बजारमा ल्याएका छन्। 

यो गीत काठे भाकामा तयार गरिएको छ। यो गीतको भिडियोलाई हामी सबैको युट्युब च्यानलबाट रिलिज गरिएको छ।

थुप्रै प्रकारका लोक गीत गाएकी सरिताले काठे भाका पहिलो पटक गाएको बताइन्। लोकहरूमा पनि काठेभाका आफूलाई निकै मन पर्ने भएकाले यसपटक हेम श्रेष्ठसँगको सहकार्यमा दशैं गीत दर्शकमाझ ल्याएको उनको भनाइ छ। विभिन्न मौलिक भाका ल्याएर अवार्ड जितिसकेकी सरिताले आफ्नो यो गीतले दर्शकबाट राम्रो प्रतिक्रिया पाएको बताएकी छन्।

गीतमा लय संकलन तथा संगीत हेम श्रेष्ठकै छ। काठेभाकामा आफ्नो फरक परिचय बनाइसकेका हेमको यो गीत निकै मार्मिक बनेको छ। गीतमा गायिका सरिता भारतीसँग हेमको युगाल स्वर सुहाएको छ। सोही कारण यो गीतलाई अहिले दर्शकले रुचाएका छन्।

गीतलाई गीतकार डब्बु क्षत्रीले लेखेका हुन्। विदेशमा रहेर विभिन्न कारणले घर आउन नसकेका नेपाली कामदारहरू र उनीहरूका परिवारको पीडालाई गीतमा समेटिएको गीतकार डब्बु क्षत्रीले बताएका छन्। गीतको भिडियोलाई पनि क्षत्रीले नै निर्देशन गरेका हुन्। उनका यसअघि ६ दर्जनभन्दा बढी गीतहरू बजारमा आइसकेका छन्। 

गीतको भिडियोमा गायिका सरिता भारतीलाई मोडलको रूपमा देख्न सकिन्छ। सरिता अभिनेता श्रीदेव भट्टराईको जोडी यसमा सुहाएको छ। उनीहरू दम्पतिको भूमिकामा छन्। आमा, पत्नी र छोरा छाडेर भाइसँग विदेश गाएका नेपाली कामदारले दशैंमा आउन नपाउँदा पोखेको पीडा यो गीतमा प्रस्तुत गरिएको छ।

भिडियोमा चरित्र अभिनेत्री विद्या कार्की, कलाकार नारायण श्रेष्ठ लगायतले अभिनय गरेका छन्। अभिनेता श्रीदेवले पनि काठे भाकाको दशैं गीतमा पहिलो पटक अभिनय गरेको बताए। गीत निकै वियोगान्त र मार्मिक भएकाले मन परेको उनको भनाइ छ।   
गीतलाई रामकृष्ण थापाले संगीत संयोजन गरेका हुन्। यो दोहोरी काठे भाकालाई अनामनगरको एक्सन स्टुडियोमा रेकर्डिङ गरिएको हो। गीतलाई गोविन्द सोनीले मिक्सिङ गरेका हुन्।

भिडियोमा चरित्र अभिनेत्री विद्या कार्की, कलाकार नारायण श्रेष्ठ लगायतले अभिनय गरेका छन्। अभिनेता श्रीदेवले पनि काठे भाकाको दशैं गीतमा पहिलो पटक अभिनय गरेको बताए। गीत निकै वियोगान्त र मार्मिक भएकाले आफुलाई मन परेको पनि उनको भनाई छ।  
यो गीतलाई रामकृष्ण थापाले संगीत संयोजना गरेका हुन्। यो दोहोरी काठे भाकालाई अनामनगरको एक्सन स्टुडियोमा रेकर्डिङ गरिएको हो। गीतलाई गोविन्द सोनीले मिक्सिङ गरेका हुन्।

 

असोज २५, २०७७ आइतबार १६:३१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।