कर्णालीमा सत्तापक्षकै अविश्वास प्रस्ताव
सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका सांसदहरुले अविश्वासको प्रस्ताव दर्ता गरेका छन्।
सत्तारुढ दल नेकपाका १८ सांसदले आइतबार दिउँसो १ बजे मुख्यमन्त्री शाहीविरुद्ध संसद सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गरेका हुन्।
कर्णाली प्रदेश स्थापनाको मर्मअनुसार सरकार चल्न नसकेको, व्यक्तिगतरुपमा अघि बढ्न खोजेको भन्दै अश्विासको प्रस्ताव दर्ता गरेको दैलेख २ का सांसद सुशिल थापाले जानकारी दिए।
आफूहरुले मुख्यमन्त्री शाहीलाई पटकपटक सचेत गराएको भए पनि नमानेपछि बाध्य भएर अविश्वास प्रस्ताव दर्ता गराएको थापाले बताए।
सभामुखबाहेक ३९ जना सांसद भएको कर्णाली प्रदेशमा मुख्यमन्त्री शाहीले ३२ मत प्राप्त गरेका छन्। उक्त मत प्रदेशसभाको दुई तिहाई बहुमत हो।
संवैधानिक व्यवस्था अनुसार प्रदेशसभाबाट विश्वासको मत प्राप्त भएपछि मुख्यमन्त्री शाहीविरुद्ध आगमी दुई वर्षसम्म अविश्वासको प्रस्ताव ल्याउन नमिल्ने व्यवस्था छ।
शाही तत्कालिन नेकपा माओवादीको कोटामा मुख्यमन्त्री बनेका थिए। उनी कालिकोटबाट प्रदेश सभामा निर्वाचित भएका हुन्।
असोज २५, २०७७ आइतबार १४:०८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।