सरकार र डा. केसीबीच मध्यरातमा सहमति
काठमाडौं : सत्याग्रही डा.गोविन्द केसी र सरकारबीच शनिबार मध्यरात ८ बुँदे सहमति भएको छ।
अनसन बसेको २७ दिनमा विगत चार दिनदेखिको गतिरोधकाबीच सहमति जुटेको हो।
सहमति पछि डा. केसीले अहिले ९:३० मा अनसन तोड्नेे उनका सहयोगी प्रितम सुवेदीले जानकारी दिए।
नेपाल चिकित्स संघले आइतबारदेखी आकस्किम र कोभिडका बिरामी बाहेक अन्य सबै प्रकारका स्वास्थ सेवा बहिस्कार गर्ने आन्दोलनका कार्यक्रम घोषणा गरेको पृष्ठभूमि र डा. केसीको स्वास्थ जटिल बन्दै गएपछि सहमति भएको हो।
सहमति अनुुुुुसार डा केसीका ६ बुँदे मागका ६ वटा सहमति छन्। ७ नम्बर बुँदामा उक्त सहमतिलाई सम्बन्धित निकायमा लैजाने र ८ नम्बर बुँदामा अनसन तोड्ने विषय उल्लेख छ।
सरकारसँग सहमति भएपनि डा केसीले भने आइतबार मात्र अनसन तोड्ने भएका छन्।
सरकारी पक्ष डा केसी पक्षसँग सहमतिपत्रमा हस्ताक्षर गर्न त्रिवि शिक्षण अस्पताल पुगेको थियो।
शनिबार दिनभर गृहकार्यमा रहेको दुवै पक्षको वार्ता टोलीले राती निष्कर्ष निकालेको हो।
सहमति पत्रमा सरकारी वार्ता टोलीका संयोजक शिक्षा सचिव गोपिनाथ मैनाली र डा केसीले हस्ताक्षर गरेका थिए।
बिहीबार सकारात्मक कोणबाट सुरु भएको वार्ता शुक्रबार भने निराशाजनक भएको थियो। शुक्रबारको वार्तालगत्तै डा. केसी पक्षले आन्दोलनका कार्यक्रमसमेत सार्वजनिक गरिसकेको थियो।
बिहीबार १० घण्टा बसेर रोकिएको वार्ता शुक्रबार राती ९ बजे सिंहदरवारस्थित शिक्षा मन्त्रालयमा भएको थियो। तर बिहीबारको कुराकानी भन्दा शुक्रबार सरकारी पक्ष पछि हटेपछि वार्ता निष्कर्षविहीन भएको थियो। डा केेसीले १९ औं अनसन जुम्लाबाट सुुुुरु गरेेका थिए।
असोज २५, २०७७ आइतबार ०७:४६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।