नेपाल भाषाको पाठ्यक्रम यसै शैक्षिक सत्रदेखि
काठमाडौं : काठमाडौं महानगरपालिकाले यसै शैक्षिक सत्रदेखि स्थानीय पाठ्यक्रम कार्यान्वयनमा ल्याउने भएको छ।
महानगरको मंगलवार बसेको ५१ औ कार्यपालिका बैठकले पाठ्यक्रम यसै शैक्षिक सत्रदेखि कार्यान्वयनमा ल्याउने निर्णय गरेको हो।
यससँगै कक्षा १ देखि ८ सम्म नेपाल भाषाको पाठ्यक्रम पढाइको तयारी सुरु भएको छ।
महानगरको शिक्षा शाखाका निमित्त प्रमुख तारापति सापकोटाका अनुसार महानगर क्षेत्रका ९२ सामुदायिक विद्यालय र
६ सय ४१ संस्थागत विद्यालयमा स्थानीय पाठ्यक्रम पढाइ हुनेछ।
पढाइ संचालनका लागि भने केही समय लाग्ने उनको भनाइ छ।
‘पाठ्यक्रम तयार भईसकेको छ। कार्यपालिकाबाट प्रमाणित हुन बाँकी छ’ सापकोटाले भने,‘केही दिनमै प्रमाणित हुन्छ। विद्यालय खुलेसँगै पठनपाठन सुरु हुन्छ।’
पाठ्यक्रम १ सय पुर्णाङ्कको हुने महानगरले जनाएको छ। पढाउनका लागि सामुदायिक विद्यालयमा १ सय ३५ जना शिक्षक नियुक्त गर्ने सापकोटाले जानकारी दिए।
यस्तै सस्थागत विद्यालयका ७ सय शिक्षकलाई तालिम दिने योजना रहेको उनले बताए।
असोज २१, २०७७ बुधबार १२:१८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।