राजधानीमा असन्तुष्टि (फोटो फिचर)

राजधानीमा असन्तुष्टि (फोटो फिचर)
राजधानी प्रस्तावको विरोधमा उद्योगी व्यवसायीले गरेको प्रदर्शनका क्रममा उद्योग वाणिज्य संघ, बुटवलका अध्यक्ष खिमबहादुर हमाल आफ्नो धारणा राख्दै (दायाँबाट तेस्रो)।  

काठमाडौं : प्रदेश ५ को राजधानी दाङ सार्ने प्रस्ताव प्रदेशसभामा पेश गरिएको भन्दै रूपन्देहीको बुटबलमा आज (आइतबार) निषेधाज्ञा तोडेर प्रदर्शन गरिएको छ।

प्रस्तावको विरोधमा उद्योग वाणिज्य संघ, बुटबल, नेपाल विद्यार्थी संघ लगायत संस्थाले छुट्टाछुट्टैरूपमा प्रदर्शन गरेका हुन्। 

राजधानीको प्रस्ताबारे प्रदर्शन हुन थालेपछि जिल्ला प्रशासन कार्यालय, रूपन्देहीले हिजो (शनिबार)बाट बुटवलमा निषेधाज्ञा जारी गरेको छ। 

प्रदेश ५ सरकारले गत शुक्रबार दाङको भालुवाङमा राजधानी बनाउने निर्णय गरेको थियो। उक्त प्रस्ताव प्रदेशसभामा पेशसमेत गरिएको छ। 

अहिले प्रदेश ५ को अस्थायी राजधानी बुटवलमै छ। 

 


 

असोज १८, २०७७ आइतबार १८:०८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।