मृत महिलामा कोरोना पुष्टि

मृत महिलामा कोरोना पुष्टि

सुर्खेतको भेरीगंगा नगरपालिका १ स्थायी ठेगाना भएकी ती महिला वीरेन्द्रनगर ११ पिपिरा स्थित कोठा भाडामा बस्दै आएकी थिईन्।आफ्नै कोठामा ढोका बन्द भएको अवस्थामा मंगलबार साँझ ४ बजे मृत फेला परेकी थिईन्।

उनको पोष्टपार्टमका लागि प्रदेश अस्पताल लिई बुधबार स्वाव संकलन गरिएको थियो। प्रदेश अस्पताल÷पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, सुर्खेतमा परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको सामाजिक विकास मन्त्रालय अन्र्तगत स्वास्थ्य सेवा महाशाखाले जनाएको छ।

मृत महिलाको शव जिल्ला प्रशासन कार्यालय सुर्खेतको समन्वयमा नेपाली सेनाबाट आज व्यवस्थापन गरिएको छ ।

यो सँगै कर्णालीमा स्थायी ठेगानाका आधारमा सुर्खेतका ३, दैलेखका ३ र डोल्पाका १ जना गरी जम्मा सात जनाको कोरोनाका कारण मृत्यु भएको महाशाखाका प्रमुख वरिष्ठ जनस्वास्थ्य प्रशासक वृष बहादुर शाहीले जानकारी दिए।

असोज १५, २०७७ बिहीबार १४:१९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।