स्वर्गीय भट्टराईका परिवारलाई ३४ लाख हस्तान्तरण
काठमाडौं : चलचित्र विकास बोर्डका तत्कालिन अध्यक्ष एवं कलाकार तथा निर्माता स्वर्गीय केशव भट्टराईको परिवारलाई ३४ लाख रुपैयाँ हस्तान्तरण गरिएको छ।
भट्टराईको परिवारको आर्थिक समस्यामा सहयोग पुगोस भन्ने उदेश्यले पैसा हस्तान्तरण गरिएको कलाकारहरुले बताए।
फिल्म निर्माता राजकुमार राईको संयोजकत्वमा नरेन्द्र महर्जन, दीपाश्री निरौला, आकाश अधिकारी, प्रकाश सुवेदी, बसुन्धरा भुषाल, निकिता पौडेल, गिरिश शर्मालगायत सदस्यहरु रहने गरि समिति गठन गरिएको थियो।
चलचित्र विकास बोर्डको हलमा कार्यक्रमको आयोजना गर्दै समितिका संयोजक तथा निर्माता राजकुमार राईले स्वर्गीय भट्टराईकी धर्मपत्नी नीता भट्टराईलाई ३४ लाख रुपैयाँ हस्तान्तरण गरेका छन्।
फिल्मकर्मी नारायण पुरी, कृष्ण चापागाई, सुमन दाहाल, सरेश दर्पण पोखरेल, श्याम भट्टराई, गरिमा पन्त, शंकर घिमिरे, अरुणिमा लम्साल, रञ्जना शर्मा, युना उप्रेती, गणेश उप्रेती, मुकेश ढकाल, सुमन गैरै, रिचा घिमिरे, दीलिप रायमाझि, जल शाह, सारङगा श्रेष्ठ, राजभल्लव कोईराला, भानु प्रताप, जीवन लुईटेल, बाबु बोगटी, गोपाल नेपाल, राजु लाम लगायतका कलाकारले आर्थिक संकलन उठाएका थिए।
केशवका परिवारलाई आर्थिक संकलनमा नेपालबाट राजकुमार राई, छक्का पञ्जा टिम, प्रभु शम्शेर जवरा, ओम अग्रवाल, नरेन्द्र मर्हजन, छविराज ओझा, निकिता पौडेल, विराटनगरका मेयर, चलचित्र पत्रकार संघ हेटौंडा शाखा, फिल्म आमा टिम, आकाश अधिकारी, शिशिर भण्डारीलगायतले सहयोग जुटाएका थिए।
फिल्म निर्माणका क्रममै अनामनगरमा रहेको घर बेचेर डेरामा बस्दै आएका भट्टराईले पछिल्लो समय सञ्चय कोष र सरसापटी गरेर एक अपार्टमेन्ट खरिद गरेका थिए।
अपार्टमेन्टको ऋण बाँकी नै रहेकोले परिवारका सदस्यमा अफ्ठ्यारो परेको भन्दै फिल्मकर्मीले आर्थिक संकलन जुटाउन थालेका थिए।
भट्टराई चलचित्र विकास बोर्डको अध्यक्ष भएको ६ महिना नबित्दै असमायिक निधन भएको थियो।
असोज १५, २०७७ बिहीबार १२:१३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।