‘तलाश’को छायांकन धमाधम
काठमाडौं : फाल्गुनन्द लिङ्देन फिल्मसको ब्यानरमा नयाँ फिल्म ‘तलाश’ निर्माण भइरहेको छ। फिल्म हाल पूर्वी नेपालका विभिन्न स्थानमा भइरहेको छ।
फिल्मका लेखक तथा निर्देशक दिनेश लिङ्देनका अनुसार फिल्मले समसामयिक विषयमा आवाज उठाउने छ।
पछिल्लो समयमा नेपालमा महिला हिंसा बढ्दो रहेकाले त्यसका विरुद्धको कथा फिल्ममा देखाइने उनले बताए। उनका अनुसार फिल्मको रिलिज मिति केही समयपछि सार्वजनिक गरिने छ।
फिल्ममा एलिना बासकोटा, राजकुमार लिङ्देन, सोम लामा, बिमला खजुम, अजय खडका, हस्त लिवाङ, बबिता फोम्बो, विमल ढुंगेल, विक्रम धिमाल, मुकेश कालिकोटे, कल्याण किराती राई, दावा शेर्पा, सागर केरुङ, पुन्य ओझा, रिना केसी र मिंग्मा शेर्पाको अभिनय रहने छ।
दिनेश लिङ्देन र हस्त लिवाङको संयुक्त निर्देशन रहने फिल्ममा रोशन बान्तवाको संगीत, विक्रम डिसीको छायांकन, पुन्य ओझाको द्वन्द्व, दिनेश माङमुको नृत्य तथा नरेन्द्र सेन्दाङ र दिनेश लिङ्देनको गीत छ।
असोज १४, २०७७ बुधबार १६:११:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।