हाजिर भो ‘ज्यानै हाजिर भो’

हाजिर भो  ‘ज्यानै हाजिर भो’

काठमाडौं : लोकप्रिय आख्यानकार तथा कवि राजन मुकारुङको शब्द र सङ्गीतमा ‘ज्यानै हाजिर भो’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।

गीतमा पूर्वका मौलिक रैथाने संस्कृति झल्काउने शब्दहरु प्रयोग भएका छन्। राजनको शब्द संगीतको गीतलाई ब्रबिम सेर्मा र सीता सिंगकले स्वर दिएका छन्।


गीतमा पदम राजन मगरको संगीत संयोजन, मुस्कान मुकारुङको मिक्सिङ र मास्टरिङ छ। किरण चाम्लिङ राईले म्युजिक भिडियो बनाएका हुन्। भिडियोमा ब्रबिम सेर्माका साथमा इक्सा मादेन र पुष्पा लिम्बूले अभिनय गरेका छन्।

थैली इन्टरटेनमेन्टको प्रस्तुति रहेको गीतमा सोम मगरातीको श्रृङ्गार, भूपेन्द्र तुम्बाहाम्फेको छायाकंन र अनिल रानाको सम्पादन छ। गीतको  भिडियोलाई ओरिजिन नेपालमार्फत हेर्न र सुन्न सकिन्छ।

असोज १३, २०७७ मंगलबार १२:१५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।