अनलाइनबाटै महाधिवेशन
काठमाडौं : काठमाडौं विश्वविद्यालय प्राध्यापक संघको महाधिवेशन अनलाइनबाटै हुने भएको छ।
असोज २५ गते हुने संघकोे चौथो अधिवेशन अनलाइनबाटै गर्ने तयारी थालिएको छ।
संघका सभापति डा. वेदमणि दाहालले कोभिड–१९ का कारण अनलाइनबाटै महाधिवेशन गर्ने तयारी थालिएको जानकारी दिए।
महाधिवेशनले नयाँ कार्यसमिति चयन गर्ने छ। कोरोना महामारीको असामान्य स्थितिमा पनि महाधिवेशनलाई अनिश्चित बनाउन नहुने
अभिप्रायकमा साथ बैकल्प्कि उपायमार्फत महानधिवेशन गर्न लागिएको संघले जनाएको छ।
काठमाडौं विश्वविद्यालयले नियमित पठनपाठन, परीक्षा र अनुसन्धान कार्यहरु समेत डिजिटल पद्धतिमार्फत नियमित गर्दे आईरअहेको छ।
यहीे अनुभवलाई मध्यनजर गर्दै संघको अधिवेशन गर्न लागिएको महासचिव डा. विकास अधिकारीले बताए। वैकल्पिक उपायमार्फत हुने अधिवेशनबाट अन्य संघसंस्थालाई पनि उदाहरण बन्ने संघले विश्वास लिएको छ।
कार्यसमितिको चयन गर्न पाँच सदस्यीय निर्वाचन समिति गठन गरिएको संघले जानकारी दिएको छ। समितिमा प्रा. डा. विभूती रञ्जन झा, प्रा. डा. बालचन्द्र लुइटेल, प्रा.डा.मनिष पोखरेल, कार्यकारी परिषदका सदस्य एक्कुमाया पुन र डा. उद्धव प्याकुरेल रहेका छन्।
संघले विश्वविद्यालयमा कार्यरत सम्पूर्ण प्राध्यापकहरुलाई अधिवेशन र निर्वाचन प्रक्रियामा सहभागिता र सहयोगका लागि अनुरोधसमेत गरेको छ।
असोज १२, २०७७ सोमबार १२:०३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।