पद्मश्री साहित्य सम्मान उप्रेतीलाई, साधना सम्मान प्रश्रितलाई
खेमलाल–हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले प्रदान गर्दै आएको तीन लाख रूपैयाँ राशीको सो पुरस्कार उप्रेतीलाई दिने निर्णय गरेको हो।
यस्तै, यस वर्षको पद्मश्री साधना सम्मान साहित्यकार मोदनाथ प्रश्रितलाई दिइने प्रतिष्ठानले निर्णय गरेको छ। ६ दशकदेखि नेपाली काव्य, निबन्ध, नाटक, आख्यान, समालोचना तथा संस्कृति लेखनबाट समाज रूपान्तरण तथा राष्ट्रिय एकतामा महत्त्वपूर्ण योगदान पुर्याएको भन्दै प्रतिष्ठानले प्रश्रितलाई उक्त सम्मान दिने निर्णय गरेको हो।
प्रतिष्ठानले २०६३ सालदेखि प्रत्येक वर्ष पुरस्कार दिँदै आएको छ। नेपाली साहित्यका वर्षभरि प्रकाशित पुस्तकमध्ये निर्णायक मण्डलले उत्कृष्ट ठहर्याएको पुस्तकलाई पुरस्कार प्रदान गरिन्छ।
यस्तै, प्रतिष्ठानले एक दशक अगाडिबाट साहित्य, कला, संगीत, अभिनय आदि क्षेत्रमा दीर्घ साधना गर्नु हुने वरिष्ठ साधकलाई पद्मश्री साधना सम्मान दिँदै आएको छ।
प्रतिष्ठानले घोषणा गरेको पुरस्कार र सम्मान हरेक वर्ष कोजाग्रत पूर्णिमाको दिन प्रदान गरिन्छ।
पुरस्कार र सम्मान यसै वर्षभित्र अनुकूल समयमा अर्पण गरिने प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले जानकारी दिएका छन्।
‘हंस’ उपन्यास गत असोजमा लोकार्पण गरिएको थियो।
असोज ११, २०७७ आइतबार १६:०६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।